काठमाडौ : इकोली पानीमा पाइने सुक्ष्म जीवाणु हो भन्ने धेरैलाई थाहा हुनुपर्छ । इकोलीको बारेमा धेरै अध्ययन अनुसन्धान पनि भएका छन् । तर अनुसन्धानको निष्कर्षबारे धेरैलाई थाहा नहुन पनि सक्छ । इकोली मिसिएको पानी पिउँदा झाडापखाला, आउँ तथा हैजा पनि हुन सक्ने विज्ञहरु बताउँछन् । त्यसैले राष्ट्रिय खानेपानी गुणस्तर मापदण्ड २०७९ मा इकोलीको मात्रा शुन्य हुनुपर्ने उल्लेख छ ।
पानीमा कति गहिराईसम्म इकोली बाँच्न सक्छ ? पानीसँगै सतहमा बहँदा यसको फैलावट कत्ति दुरीसम्म हुन सक्छ ? के डिप बोरिङको पानीमा पनि इकोली हुन सक्छ ? उच्च तापक्रम तथा न्यून तापक्रममा यसको जीवन रहन्छ वा रहँदैन ? तपाई हाम्रो मनमा इकोली सम्बन्धी यस्ता थुप्रै जिज्ञासाहरु उब्जिएको हुनसक्छ । यिनै प्रश्नहरुको जवाफ दिदै हुनुहुन्छ नेपाल विज्ञान तथा प्रविधि प्रतिष्ठान (नाष्ट) की वैज्ञानिक टिष्टा प्रसाईं :