करिब पैंतिस बर्ष निजामति सेवामा रहि उल्लेखनीय काम गरे वापत जागिरको उत्तरार्धमा भए पनि नेपाल सरकारले मलाई निजामती पुरस्कार दिने निर्णय गरेकोमा अत्यन्त उत्साहित भएको छु । निजामती सेवा दिवसको अवसर पारेर घोषणा गरिने यो पुरस्कारको लागि छनौट हुने कर्मचारीको बारेमा बस्तुगत मूल्याँकनका आधारहरु पारदर्शि हुन नसक्दा बिभिन्न टिका टिप्पणी र असन्तुष्टीहरु पनि प्रकट हुने गरेका छन् ।
मलाइ पनि शुभचिन्तकहरुले बिभिन्न सामाजिक संजालमा बधाइ दिइ रहँदा यस्ता पुरस्कार चाकडीको भरमा र नाताबादको भरमा दिने गरेको जस्ता आरोप सहितका कमेन्ट देख्दा उहाँहरुलाई मैलै स्पष्टिकरण दिने प्रतिबद्धता ब्यक्त गरेको थिंए । यस्तै काम गरेर पुरस्कार नपाउने कैंयौ बाँकि हुनुहुन्छ होला तैपनि कामको कदर ढिलै भए पनि हुँदो रहेछ भन्ने बिश्वास पलाएको छ र यस्तो हौसला अरुलाई पनि मिलोस् भन्ने अभिप्रायले यो संक्षिप्त बिवरण तयार पारिएको छ ।
खानेपानी तथा ढल निकास बिभाग अन्तर्गत जिल्ला खानेपानी कार्यालय अर्घाखाँचीबाट २०४५ मंसिरमा ओभरसियरको रुपमा सेवा प्रवेश गरी २०४६ असौजमा स्थायी नियूक्ती भइ तत्कालिन ५ गा.बि.स.मा फैलिएको छत्रगंज चिदिका जस्तो जटिल प्रकृतिको खानेपानी योजना लगायतबिभिन्न जिल्ला खानेपानी कार्यालयहरु मार्फत संचालन भएका योजनाहरुको सफलता पूर्वक सम्पन्न गरेको छु ।
मेलम्ची खानेपानी आयोजनामा २०५७ सालदेखि २०६६ सालसम्म अनवरत रुपमा काम गरी शुरुमा मुख्य प्रवेश मार्ग र पछिल्लो ३ बर्ष सिन्धु अडिट प्रवेश मार्गको करिब १५किलोमिटर सडक Track Opening देखि Completion गर्दासम्म सक्रिय संलग्न रही कुशलतापूर्वक काम सम्पन्न गरेको छु । चरम द्वन्दको समय र कठिन परिस्थितिमा पनि मुआब्जा तथा क्षतिपुर्ती बितरण लगायत निर्माण कार्यमा संलग्न रहि समयमा काम सम्पन्न गर्न महत्वपूर्ण भूमिका निर्बाह गरेको छु ।
यसैगरी मेरो जागिरे जीजनको गहन र स्मरणीय काम मध्ये २०६७देखि २०७२सम्म अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत विकास समितिमा प्रोजेक्ट इन्जिनियररही सुन्दरीजलगर्ज देखि गोकर्ण गर्ज सम्म अनियन्त्रित रुपमा बगेको बागमती नदी लाई २०२१सालको नापी नक्सा बमोजिम आफ्नै धारमा बगाउने चुनौतीपूर्ण योजना बमोजिम नेपाली सेनासँग सम्झौता गरी ४ बर्ष भित्र करिब ८किलोमिटर नदी नियन्त्रणको काम १६वटा खहरे सुधारको काम पाँचवटा Trial Truss Bridge को काम सम्पन्न भएकाछन् । ती स्थानमा ६ वटा शवदाहस्थल बनाउने काम, चारवटा कुलो सुधारको काम र बायोइन्जिनियरिङको काम समेत एकिकृत रुपमा सम्पन्न गरी बागमतीलाई पुरानै धारमा फर्काउने कार्यले मूर्तरुप पाएको छ ।
जसले गर्दा हजारौं रोपनी खेतीयोग्य जमिनको पुनर्स्थापन भएको छ भने बर्षेनी अनियन्त्रित भइ बग्ने बागमती नदी आफ्नो निर्धारित स्थानमा बग्दा स्थानीयवासीलाई पूर्ण राहत महसुस भएको छ । बागमती नदीलाई आफ्नो धारमा फर्काउने क्रममा दुवै तटका ७वटा गाविस अन्तर्गतका स्थानीय सरोकार समिति संग प्रत्यक्ष समन्वय गरी बिवाद समाधान गरी योजना सम्पन्न गर्ने काम भएको छ।
आन्तरिक सरुवाको क्रममा खानेपानी गुणस्तर सुधार आयोजनामा सरुवा भइ करिब २ बर्ष खानेपानी प्रशोधन केन्द्रहरुको निर्माण र खानेपानी सुरक्षा योजना लागु गरि समुदाय र दक्ष जनशक्तिको क्षमता अभिबृद्धि गर्न भूमिका निर्बाह गरेको छु ।
२०७३ जेठ देखि २०७८ चैत्र सम्म मेलम्ची सबप्रोजेक्ट -२ अन्तर्गत आयोजना कार्यान्वयन निर्देशनालयको काठमाण्डौ उपत्यका फोहरपानी ब्यवस्थापन आयोजनामा रहि नेपालको एक मात्र अत्याधुनिक गुहेश्वरी फोहरपानी प्रशोधन केन्द्रको निर्माण कार्यको शुरुवात देखिको जिम्मेवारीमारहि काम सम्पन्न गरेको छु । प्रशोधन केन्द्रको निर्माण कार्यमा आइपर्ने समस्या समाधान र समन्वयमा अधिकारसम्पन्न बाग्मती सभ्यता, परामर्शदाता, निर्माण व्यवसायी लगायत अन्य सरोकारवालासंग प्रभावकारी समन्वय गरी सम्पन्न गर्न प्रमुख भूमिका खेलेको छु । यसका साथै फोहरपानी ब्यवस्थापन आयोजना अन्तर्गत हनुमन्ते क्ष्लतभचअभउतयच क्भधभचनिर्माण कार्यको सल्लाघारी प्रशोधन केन्द्रसम्म बन्नुपर्ने निर्माण कार्यका संरचनाहरु सम्पन्न गरेको छु ।
हाल म खानेपानी बिभाग अन्तर्गत शहरी खानेपानी तथा सरसफाइ ९क्षेत्रगत० आयोजनामा रहि ADB/JFPR अनुदान सहयोगमा सन्चालित Prevention and Control of COVID-19 Through WASH and Health Initiatives in Secondary and Small Town Project in Nepal को Focal Engineer को रुपमा शुरुवाती चरण देखि काम गरिरहेको छु ।जस अन्तर्गत बिभिन्न १५ नगरपालीका क्षेत्रका २० स्थानमा बहुबिपद उत्थानशील र बहुउद्देश्यीय सेल्टर निर्माणको कार्यमा संलग्न रहि गत आर्थिक बर्षमा ९४ प्रतिशत प्रगति हासिल गरिएको छ । जुन खानेपानी बिभाग अन्तर्गत सबै भन्दा बढि प्रगति हो । COVID-19 नियन्त्रण र रोकथामका लागि जटिल र फरक प्रकृतिका कामहरु जस्तै Contactless Hand Washing Station तथा GESI Friendly Mobile Toilet बितरण, Health Desk Material बितरण) बहुसरोकारवालाहरुसँगको समन्वयमा निर्धारित समयमा सम्पन्न गर्न अनवरत रुपमा लागि रहेको छु । साथै नियमित कामको अलावा खानेपानी उपभोक्तासँस्थाको क्षमता अभिबृद्धि गर्न SCADA Installation गरि Automation मा लैजानका लागि सुपरिवेक्षण र समन्वय गर्ने काममा लागेको छु । गत आ.ब. मा कोभिड रेस्पोन्स आयोजनाको उल्लेखनीय प्रगति गर्ने समग्रमा सुपरिवेक्षकले दिएको चुनौतिपूर्ण काम सफलतापूर्वक सम्पन्न गर्ने सौभाग्य प्राप्त गरेको छु ।
यो लेखकको निजी विचार हुन् । लेखक शहरी खानेपानी तथा सरसफाइ आयोजना, आयोजना व्यवस्थापन कार्यालयमा इन्जिनियर हुनुहुन्छ । उहाँ निजामती सेवा दिवसको अवसरमा हालै निजामति सेवा पुरस्कारबाट पुरस्कृत हुनु भएको छ ।