नेपाल खानेपानी संस्थानको ३५ औं वार्षिकोत्सवको अवसरमा कर्मचारी पुरस्कृत

  वास खबर सम्वाददाता  517 पटक हेरिएको


पोखरा : नेपाल खानेपानी संस्थान पोखराका कार्यालय प्रमुख ई. आशिष कार्कीले खानेपानी संस्थान पोखराले प्रभावकारी सेवा दिइरहेको बताउनुभएको छ । नेपाल खानेपानी संस्थानको ३५ औं वार्षिकोत्सवमा पुरस्कृत कर्मचारीलाई प्रशंसापत्र र नगद पुरस्कार प्रदान गर्दै उपभोक्ताको सेवामा हरतरहले सेवारत रहन उहाँले आग्रह गर्नुभयो ।

सो अवसरमा कार्यालय प्रमुख कार्कीले सिनियर मिटर रिडर विमल तिम्सिना, हेभी ड्राइभर रुद्रप्रसाद शर्मा, ल्याव ब्वाई सिमाना केसी, जुनियर प्लम्बर श्रीकृष्ण बास्तोला, मिटर रिडर सनिज श्रेष्ठ, कार्यालय सहयोगी बलबहादुर थापा, शंकर भूजेल, सुरेश शाही, गोविन्द अधिकारी र समिर शाही लाई नगद १ हजारसहित प्रमाणपत्रले सम्मान गर्नुभयो ।

पोखरा शाखाबाट अवकास भएका कर्मचारी कृष्णप्रसाद पौडेल, शंकरप्रसाद कोइराला र मुकुन्दनाथ विडारीलाई खादा र कदरपत्र प्रदान गर्दै दीर्घजीवन, क्रियाशीलता र स्वस्थ शरीरको अपेक्षा गर्दै प्रमाणपत्र प्रदान गर्नुभएको थियो ।

खानेपानी संस्थानमा कार्यरत कर्मचारीका उत्कृष्ठ अंक प्राप्त गर्ने छोराछोरी मध्ये कार्यालय सहयोगी पदमा कार्यरत रमेश अधिकारीकी छोरी मिना अधिकारीलाई नगद ५ हजार सहित प्रमाण पत्रले सम्मान गर्नुभएको थियो ।

फागुन १५ गते प्रधान कार्यालयबाट घोषणा गरेपछि प्राप्त नगद र प्रमाणपत्रले कर्मचारीहरुलाई पुरस्कृत गरिँदै आएको कार्यक्रम सञ्चालक कर्मचारी केदार धमलाले जानकारी दिनुभयो । पुरस्कार वितरण सभा समापन गर्दै कार्यालय प्रमुख कार्कीले पोखराको भू–वनोटलाई ध्यान दिँदै पानी वितरणमा सामान्य समस्या आएको बताउनु भएको थियो ।

पोखरेली उपभोक्तालाई सभ्य र सचेत रहन आग्रह गर्दै फिल्डमा खटिने कर्मचारीलाई मैत्रीभावले हेर्न प्रमुख कार्कीले अनुरोध अनुरोध गर्नुभयो ।

पुरस्कारको संख्या कम हुने भएकाले सवै कर्मचारीलाई दिन नसकिने भन्दै उहाँले राम्रो काम गर्ने कर्मचारीलाई आज नभए पनि भोलीका दिनमा पुरस्कारको भागिदार हुने बताउनुभयो ।

पोखरा शाखामा धमिलो पानीको समस्या करिव समाधान भइसकेको उल्लेख गर्दै प्रमुख कार्कीले बढ्दो पोखराको जनघनत्वलाई ध्यान दिन संस्थानले तेस्रो मर्दीको योजनालाई अघि सारिने उल्लेख गर्नुभयो । सिंगो महानगरलाई सेवा दिन तयार रहेको संस्थानले मर्दीसँगै कालीखोला र भोटीखोलाको पानीलाई शुद्धीकरण गर्ने योजना सुरु भएको समेत उहाँले जानकारी दिनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार