रास्वपा सांसदले भने ‘काठमाडौबासीको धारामा पानी होइन, ढल आउँछ’

  वास खबर सम्वाददाता  304 पटक हेरिएको

काठमाडौ : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद गणेश पराजुलीले काठमाडौंका जनताको घरको धारामा पानी नभई ढल बग्ने गरेको बताउनुभयो। सोमबार प्रतिनिधि सभा बैठकको शून्य समयमा बोल्दै उहाँले भन्नुभयो सभामुख महोदय, काठमाडौंका जनताको घरको धारामा पानी होइन, मानव मलमूत्र मिसिएको गनाउने कालो ढल आउँछ ।’

‘मेरो निर्वाचन क्षेत्र काठमाडौं ७ को महानगरको मुटुमा रहेका वडा नम्बर २५, २६, २४, १७ लगायतका क्षेत्र असन इन्द्रचोकको कुरा गर्दैछु । सहरभित्रका नागरिक ढलको पानी धारामा पठाइ दिए बापत केयुकेललाई शत प्रतिशत बढेको शुल्क तिर्न बाध्य छन् यो कस्तो विडम्बना हो ?’

यस्तो अवस्थाको अध्ययन गरी खानेपानी मन्त्रालयले सहरभित्रको खानेपानी वितरण प्रणाली व्यवस्थित बनाउनुपर्ने उहाँको माग छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार