खानेपानी कार्यालय मुगुका प्रमुख सहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा

  वास खबर सम्बादाता  533 पटक हेरिएको

काठमाडौं : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले खानेपानी, सिंचाइ तथा ऊर्जा विकास कार्यालय मुगुका प्रमुख राजिव रिमालसहित ५ जना विरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ ।

अख्तियारले रिमालका साथै सव–इन्जिनियर नरबहादुर लावड, उपभोक्ता समितिका अध्यक्ष तेजबहादुर शाही, उपाध्यक्ष हिराबहादुर शाही र सचिव तीर्थबहादुर शाहीविरुद्ध विशेष अदालतमा आइतबार मुद्दा दर्ता गरेको हो ।

मुगुको सोरु गाउँपालिका ५ स्थित नेर सिंचाइ आयोजनाको पाइपलाइन निर्माणका क्रममा गलत विवरण बुझाइ उपभोक्ता समितिलाई गैरकानुनी लाभ र सरकारलाई हानी नोक्सानी पुर्‍याएको अख्तियारले दाबी गरेको छ ।

सिंचाइ आयोजनाको पाइपलाइन १७ सय हुनुपर्नेमा ८१२ मिटर मात्रै बनाएको र पूरा भएको भनी झूठो विवरण पेश गरी पहिलो, दोस्रो बिल स्वीकृत गरेर ५ लाख ६१ हजार रुपैयाँ अनियमितता गरेको अख्तियारले जनाएको छ ।

अख्तियारले उनीहरूलाई सोही रकम बराबर बिगो कायम गरी असुलउपर गर्न मागदाबी गरेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार