काठमाडौ : सरकारले खानेपानीको नयाँ गुणस्तर मापदण्ड निर्धारण गरेको दुई बर्ष पुग्नै लागेको छ। जलस्रोत ऐन, २०४९ को दफा १८ को उपदफा (१) ले दिएको अधिकार प्रयोग गरी २०७९ साल असार २ गते खानेपानीको गुणस्तर निर्धारण गरेको थियो।
गुणस्तर मापदण्ड अनुसार मापदण्ड जारी भएको पाँच बर्षभित्र सबै सेवा प्रदायकले १९ वटा पारामितिहरु सबै प्रणालीमा अनिवार्य एक पटक परिक्षण गरी आधार तथ्याङ्क तयार गर्नुपर्ने उल्लेख छ ।
यी हुन् अनिवार्य परिक्षण गर्नुपर्ने पारामिति
१. धमिलोपन ५ एनटियू
२. हाईड्रोजन विभव (पिएच) ६.५ देखि ८.५
३. रङ ५ टिसियू
४. स्वाद र गन्ध आपत्तिजनक हुन नहुने
५. विद्युतीय संवाहकता माइक्रोसिेमन्स/से.मि. १५००
६. फलाम ०.३० मिलिग्राम/लिटर
७. मेन्गानिज ०.२० मिलिग्राम/लिटर
८ आर्सेनिक ०.०५ मिलिग्राम/लिटर
९. फ्लोराईड ०.५० देखि १.५० सम्म मिलिग्राम/लिटर
१०. अमोनिया १.५० मिलिग्राम/लिटर
११ क्लोराईड २ ५० मिलिग्राम/लिटर
१२ सल्फेट २५० मिलिग्राम/लिटर
१३. नाईट्रट ५० मिलिग्राम/लिटर
१४. तामा १ मिलिग्राम/लिटर
१५. जस्ता ३ मिलिग्राम/लिटर
१६. आलुमिनियम ०.२० मिलिग्राम/लिटर
१७. कुल कडापन ५०० मिलिग्राम/लिटर
१८ क्लोरिन अवेशष ०.१० देखि ०.५० मिलिग्राम/लिटर
१९. इकोली ० सि.एफ.यु./१०० मि.लि.
जोखिम तथा सान्दर्भिकताको आधारमा थप परिक्षण गर्नुपर्ने पारामितिहरु
१. कुल घुलित ठोस पदार्थ १००० मि.ग्रा./लिटर
२. क्याल्सियम २०० मि.ग्रा./लिटर
३. सीसा ०.०१ मि.ग्रा./लिटर
४. क्याडमियम ०.००३ मि.ग्रा./लिटर
५.क्रोमियम ०.०५ मि.ग्रा./लिटर
६.सायनाईड ०.०७ मि.ग्रा./लिटर
७. पारो ०.००१ मि.ग्रा./लिटरर
८. नाईट्राइट्स ३ मि.ग्रा./लिटर
९. कुल कोलिफर्म सि.एफ.यु./१०० लि.लि. (०.९५ प्रतिशत नमुनाहरुमा)
यी बाहेक प्राकृतिक प्रक्रिया, औद्योगिक क्रियाकलाप, मानव वस्तीबाट उत्सर्जित हुन सक्ने हानिकारक धातु तथा ढलजन्य यौगिक, कृषिजन्य क्रियाकलापका कारण पानीमा उत्पन्न हुन सक्ने भौतिक, जैविक तथा रासायनिक प्रदुषणलाई समेत मध्यनजर राखी जोखिम तथा सान्दर्भिकताको आधारमा थप ९ वटा पारामितिको समेत परिक्षण गर्नुपर्ने उल्लेख छ ।
हेर्नुहोस् गुणस्तर मापदण्ड :
खानेपानीको गुणस्तर तोकेको सूचना