काठमाडौ : सरकारले मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको छ । अर्थमन्त्री वर्षमान पुनले आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छाएर खानेपानी सेवा विस्तार गरिने बताउनुभयो।
उहाँले सन् २०३० सम्ममा सबै नेपालीमा स्वच्छ खानेपानीको पहुँच पुर्याइने घोषणा गर्नुभयो। मन्त्री पुनले सुन्दरीजलको पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने पनि घोषणा गर्नुभयो ।
सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो । पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ । यो कुल बजेटको १८.९४ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.७४ प्रतिशत हो ।