खानेपानी तथा सरसफाइ क्षेत्रको बजेट घट्यो, साढे १९ खर्बको बजेटमा खानेपानीलाई २६ अर्ब ६३ करोड मात्र

  वास खबर सम्वाददाता  355 पटक हेरिएको


काठमाडौं : सरकारले चालु आर्थिक बर्षको तुलनामा आगामी आर्थिक बर्ष खानेपानी तथा सरसफाइ क्षेत्रमा २ अर्ब बजेट घटाएको छ । आर्थिक वर्ष २०८१/०८२ को बजेटमा खानेपानी तथा सरसफाइ क्षेत्रको लागि २६ अर्ब ६३ करोड मात्र बजेट विनियोजन गरेको हो । खानेपानी र सरसफाइको दिगो विकास लक्ष्य हासिल गर्न बजेट बढाउनुको सट्टा सरकारले खानेपानी र सरसफाइको बजेट घटाएको हो। यसले खानेपानी र सरसफाइ प्रति सरकार कत्ति उदासीन छ भन्ने कुरा छर्लङ्ग भएको छ।

अघिल्लो सरकारले चालु आर्थिक बर्षमा खानेपानी र सरसफाइ क्षेत्रलाई २८ अर्ब १६ करोड विनियोजन गरेको थियो ।

अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष ९आव० २०८१र८२ को बजेट प्रस्तुत गर्दै सरसफाइ तथा स्वच्छता कार्यक्रम सञ्चालन गर्ने, ‘एक घर एक धारा’ को लक्ष्य प्राप्त गर्ने गरी खानेपानी आयोजना तथा कार्यक्रम सञ्चालन गरिने बताउनुभयो । उहाँले दिसाजन्य लेदो प्रशोधन गर्ने, फोहोर पानी प्रशोधन केन्द्रहरू निर्माण गर्ने कार्यक्रम प्रस्तुत गर्नुभयो । यी अघिल्लै सरकारको पालाका पुराना कार्यक्रमहरु हुन् ।

मन्त्री पुनले मेलम्ची खानेपानी आयोजनाका लागि ५० करोड रुपैयाँ बजेट विनियोजन गरेको घोषणा गर्नुभयो । मेलम्ची खानेपानी आयोजनाले काठमाडौं उपत्यकामा थप ६४५ किलोमिटर पाइप विच्छाएर खानेपानी सेवा विस्तार गर्ने उहाँले बताउनुभयो।

सरकारले संसदमा प्रस्तुत गरेको १८ खर्ब ६० अर्ब ३० करोड रुपैयाँको बजेटमा सरकारले चालु बजेट ११ खर्ब ४० अर्ब ६६ करोड विनियोजन गरेको छ । यो कुल विनियोजनको ६१.३१ प्रतिशत हो । पूँजीगत तर्फ ३ खर्ब ५२ अर्ब ३५ करोड विनियोजन भएको छ । यो कुल बजेटको १८.९४ प्रतिशत हो । वित्तीय व्यवस्था तर्फ ३ खर्ब ६७ अर्ब १८ करोड विनियोजन भएको छ । यो कुल बजेटको १९.७४ प्रतिशत हो ।।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार