काठमाडौ : सरकारले मेलम्ची खानेपानी आयोजनाको इन्टेकलाई सुरक्षित स्थानमा सार्ने भएको छ । मेलम्चीलाई दिगो रुपमा सञ्चालन गर्न इन्टेकलाई स्थानान्तरण गर्ने प्रक्रिया अगाडि बढाईने आगामी आर्थिक बर्षको बजेट वक्तव्यमा उल्लेख छ ।
अर्थमन्त्री वर्षमान पुनले संसदको संयुक्त बैठकमा आगामी आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गर्दै यसका लागि मेलम्ची खानेपानी आयोजनालाई रु ५० करोड विनियोजन गरिएको जानकारी गराउनुभयो।
बजेट वक्तव्यमा सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रको क्षमता विस्तार गरिने पनि उल्लेख छ ।
यस्तै मेलम्ची खानेपानी आयोजनाबाट स्वयम्भु, ताहाचाल, बालुवाटार, विशालनगर, ्पानीपोखरी, मण्डिखाटार र चावहिल क्षेत्रका ६ सय ४५ किलोमिटर पाईपलाइनको ६ सय ४५ किलोमिटर पाइपलाइनको परिक्षण सम्पन्न गरी खानेपानी वितरण गरिने उल्लेख छ ।
काठमाडौ उपत्यकाको चक्रपथ बाहिरको स्थानमा खानेपानी वितरण प्रणाली विस्तार कार्य अगाडि बढाइने बजेट वक्तव्यमा उल्लेख छ ।