वास इकाईका कर्मचारीलाई जलवायु उत्थानशिलता र खानेपानी मुलाधार व्यबस्थापन सम्बन्धी तालिम

  वास खबर सम्वाददाता  507 पटक हेरिएको

सुर्खेत : खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) इकाईका कर्मचारीहरुलाई जलवायु उत्थानशिलता, खानेपानी मुलाधार व्यबस्थापन तथा वायो इन्जिनियरिङ सम्बन्धी तालिम दिईएको छ । सबैका लागि दिगो खानेपानी, सरसफाइ तथा स्वच्छता आयोजना (सुस्वा) लागु भएका स्थानीय तहको वास इकाईका १९ जना कर्मचारीहरुलाई तालिम दिईएको सुस्वाका अनुगमन तथा मूल्यङ्कन विज्ञ विमल शर्माले जानकारी दिनुभयो ।

वन अनुसन्धान तालिम केन्द्र सुर्खेतको समझदारी अनुसार दुई जना प्रशिक्षकको प्रशिक्षण सहयोगमा तलिम सञ्चालन गरिएको उहाँले जानकारी दिनुभयो । तालिममा हिमा गाउँपालिका, सिंजा, कनकासुन्दरी, पलाता, सर्केगाड र मुगुमकार्मारोंग गाउँपालिकाको वास इकाईका कर्मचारीहरुको सहभागिता थियो । यही जेठ ११ देखि मुगुको गमगढीमा सुरु भएको तालिम आज समापन हुनेछ ।

तालिमको खानेपानी तथा ढल व्यवस्थापन विभागका उपमहानिर्देशक राम कुमार श्रेष्ठ, सुस्वा फोकल पर्सन एवं विभागको गुणस्तर सुधार तथा सेवा नियमन शाखाका प्रमुख पूर्ण प्रसाद रिमाल सहितको टोलीले समेत अवलोकन गरिएको शर्माले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार