पाँच बर्षमा घट्यो खानेपानीमा १६ अर्ब ४७ करोड बजेट

बजेटको आकार बढेपनि खानेपानी क्षेत्रको बजेट निरन्तर खुम्चिँदै

  वास खबर सम्वाददाता  495 पटक हेरिएको


काठमाडौं : आर्थिक बर्ष २०७७/०७८ मा कुल बजेटको आकार १४ खर्ब ७४ अर्ब ६४ करोड थियो। उक्त बजेटमा खानेपानी क्षेत्रमा बजेट मात्र ४३ अर्ब १० करोड रुपैयाँ थियो ।

आर्थिक बर्ष २०८१/०८२ का लागि सरकारले मंगलबार मात्र १८ खर्ब ६० अर्ब ३० करोडको बजेट सार्वजनिक गर्‍यो । यो बजेट पाँच बर्ष अगाडिको बजेट भन्दा ३ खर्ब ८५ अर्ब ६६ करोडले बढी हो । तर खानेपानी क्षेत्रको लागि भने २६ अर्ब ६३ करोड रुपैयाँ मात्र विनियोजन गरेको छ।

बजेटको आकार बृद्धि हुँदै गएपनि खानेपानी क्षेत्रको बजेट भने खुम्चिदै गएको हो। ५ बर्षको अन्तरालमा खानेपानी क्षेत्रको बजेट १६ अर्ब ४७ करोड घटेको छ ।

पाँच बर्ष अघि आर्थिक बर्ष २०७७/०७८ मा कुल बजेटको २.९२ प्रतिशत खानेपानी क्षेत्रमा छुट्याउने गरिएकोमा आर्थिक बर्ष २०८१/०८२ का लागि केवल १.४३ प्रतिशत मात्र छुट्याएको छ । खानेपानी क्षेत्रलाई साबिककै दरमा बजेट विनियोजन गरेको भए आगामी आर्थिक बर्षको बजेटमा खानेपानी क्षेत्रका लागि ५४ अर्ब ३२ करोड ७ लाख ६० हजार रुपैयाँ विनियोजन गर्नुपर्थ्यो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार