मौलापुरमा खानेपानी र बिजुली दुवै नि:शुल्क

  वास खबर सम्बादाता  350 पटक हेरिएको

रौतहट : रौतहटको मौलापुर नगरपालिकाले नगरबासीले उपभोग गरेको खानेपानी र बिजुली दुवैको पैसा तिरिदिने गरेको छ । नगरपालिकाले सोमबार मात्रै बिद्युत महशुल वापतको रकम नेपाल विद्युत प्राधिकरणलाई भुक्तानी गरेको हो।।

जनताले वर्षभरि उपभोग गरेको बिद्युत महसुलको तेश्रो किस्ता वापत ४५ लाख २६ हजार रकम बिद्युत प्राधिकरणलाई भुक्तानी गरिएको नगरप्रमुख रिनादेवी साहले बताउनुभयो।

नगरबासीले प्रयोग गरेको बिद्युतको महसुल वापत्‌को सो रकम उहाँले प्राधिकरणका मौलापुर शाखा प्रमुख दिनेश यादवलाई हस्तान्तरण गर्नुभएको हो।

चालु आर्थिक वर्षमा मात्रै कुल ३ करोड ४३ लाख ५० हजार रकम बुझाइसकेको नगरप्रमुख साहले जानकारी दिनुभयो। नगरपालिकाले विगतदेखि नै ‘फ्री बिजुली, फ्री पानी’ कार्यक्रम सञ्चालन गर्दै आएको छ ।

झन्डै ५ वर्षदेखि स्थानीयको घरायसी मिटर र कृषि मिटर वापतको सम्पूर्ण रकम नगरपालिकाले तिर्दै आएको नगरप्रमुख साहले जानकारी दिनुभयो।

‘यो कार्यक्रमले जनता खुशी छन्, जनताकै सेवा सुविधाको लागि कार्यक्रम ल्याइएको हो’ उहाँँले भन्नुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार