कर्णालीमा मनाइयो राष्ट्रिय सरसफाइ सप्ताह

  वास खबर सम्वाददाता  226 पटक हेरिएको


सुर्खेत : “सफा धर्ती, स्वस्थकर बानी, दीगो सरसफाइ भविष्यको लगानी” को नारा सहित कर्णाली प्रदेशमा राष्ट्रिय सरसफाइ सप्ताह विभिन्न कार्यक्रमका साथ मनाइएको छ ।
प्रदेश स्तरमा सबैको लागि दिगो खानेपानी तथा सरसफाइ आयोजना (सुस्वा) आयोजनाको समन्वयमा सरसफाइ सम्बाद कार्यक्रमको आयोजना गरिएको छ ।

सप्ताहव्यापी कार्यक्रम अन्तर्गत सफा र स्वच्छ बस्ती घोषणा, पूर्ण सरसफाइ उन्मुख बस्ती घोषणा, सडक नाटक, प्रभातफेरी, वक्तृत्वकला, रेडियो अन्तरसम्वाद लगायतका कार्यक्रम सञ्चालन गरिएको सुस्वाका सुस्वाका विज्ञ गोविन्द रोकायाले जानकारी दिनुभयो ।


रोकायाका अनुसार दैलेख जिल्लाको भगवतीमाई गाउँपालिका स्थित लाम्तडा बस्तीलाई पूर्ण सरसफाइ उन्मुख बस्तीको रुपमा घोषणा गरिएको छ ।

अन्य स्थानीय तहहरुमा सरसफाइ नाटक, प्रभातफेरी, सरसफाइ, वक्तृत्वकला, कबिता, रेडियो अन्तरसम्बाद, सूचनामूलक सामग्रीको प्रयोग, दिसाजन्य लेदो पदार्थको बिषयमा छलफल, पूर्ण सरसफाइ कार्य योजना तयारी गोष्ठी, ठोस फोहोर व्यवस्थापन सम्बन्धी तालिम लगायतका क्रियाकलाप सञ्चालन गरिएको छ ।

यो बर्षको राष्ट्रिय सरसफाइ बर्षले समुदाय तथा स्थानीय तहमा सुरक्षित सरसफाइ तथा पूर्ण सरसफाइ सम्बन्धी अवधारणाको बुझाइमा थप स्पष्टता ल्याएर सरसफाइ तथा पूर्ण सरसफाइलाई ठोस तथा गतिशील रुपमा अगाडि बढाउन सहयोग पुर्‍याएको संस्थाले जनाएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार