दुईटा खानेपानी संस्था गाभेर बनेको दधिकोट सहरी खानेपानीका पदाधिकारीहरुले लिए सपथ

  वास खबर सम्वाददाता  569 पटक हेरिएको

काठमाडौ : साविक दधिकोट बृहत खानेपानी मूल उपभोक्ता समिति र स्याङ्तान धारा खानेपानी उपभोक्ता समिति गाभेर बनेको दधिकोट सहरी खानेपानी तथा सरसफाइ मूल उपभोक्ता समितिका नवनिर्वाचित पदाधिकारीहरूले सपथ लिएका छन् । मूल कार्यसमिति तथा खानेपानी प्रणालीको उप समितिका पदाधिकारीहरुलाई सूर्यविनायक नगरपालिकाका उपप्रमुख तथा कार्यवाहक नगरप्रमुख सरिता भट्टराई तिमल्सिनाको प्रमुख आतिथ्यतामा निर्वाचन समितिका संयोजक तथा प्रमुख निर्वाचन अधिकृत अधिवक्ता गोविन्द चौलागाईंले पद तथा गोपनियताको शपथ ग्रहण गराउनु भएको हो।

नव निर्वाचित मूल कार्यसमितिका अध्यक्ष कृष्ण हरि खड्का, उपाध्यक्ष खुलामा बासुदेव बस्नेत, उपाध्यक्ष महिलामा मन्दिरा बास्कोटा, सचिव राजन प्रजापति, सहसचिव धर्मबहादुर श्रेष्ठ, कोषाध्यक्ष भरतकुमार खड्का, महिला कार्यसमिति सदस्य सलिना खड्का, अस्मिता थापा, इन्द्रकुमारी भट्टराई, खुल्ला कार्यसमिति सदस्य उमेश रिसाल र श्याम बिष्टले पद तथा गोपनियताको शपथ ग्रहण गर्नुभयो।

यस्तै उपसमिति अन्तर्गत अनन्तलिङ्गेश्वर खानेपानी वितरण प्रणाली संयोजक दामोदर डोटेल, खुल्ला सदस्य उत्तम न्यौपाने, अष्टलाल मानन्धरले पनि सपथ लिनुभयो। तर्खगाल खानेपानी वितरण प्रणाली अन्तर्गत संयोजक गणेशप्रसाद न्यौपाने, खुल्ला सदस्यहरू विष्णु खत्री, सुनिल ढकाल तथा महिला सदस्य राजेश्वरी श्रेष्ठ र मञ्जु खड्काले सपथ ग्रहण गर्नुभयो।

त्यसैगरी सिकारीटार खानेपानी वितरण प्रणालीका संयोजक निरञ्जन राजथला ९रञ्जन०, खुल्ला सदस्यहरु रूपक श्रेष्ठ, विष्णुप्रसाद पौडेल तथा महिला सदस्यहरू संगीता कटवाल र रिता दाहालले पनि पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभयो। दक्षिणबाराई खानेपानी वितरण प्रणालीका संयोजक मनिषकुमार उपाध्याय ढुंगेल, खुल्ला सदस्यहरू सानुकाजी थापा, कमलबहादुर श्रेष्ठ तथा महिला सदस्यहरू जानकी पुलामी र सुमित्रा कुमारी मैनालीले पनि पद तथा गोपनियताको सपथ ग्रहण गर्नुभएको छ।

पद तथा गोपनियताको सपथ ग्रहण पश्चात निर्वाचित सदस्यहरूलाई प्रमुख निर्वाचन अधिकृत गोविन्द चौलागाईंले टिका लगाई वडा नम्बर १ का वडा अध्यक्ष सानु काजी कायस्थ र वडा नम्बर ४ का वडा अध्यक्ष लक्षुराम न्यौपानेले खादा र माला लगाइदिनुभयो भने प्रमुख अतिथि कार्यवाहक नगरप्रमुख सरिता भट्टराई तिमल्सिनाले निर्वाचित सदस्यहरुलाई प्रमाणपत्र प्रदान गर्नुभयो।

यसैगरी कार्यवाहक नगरप्रमुख तिमल्सिनाले प्रमुख निर्वाचन अधिकृत गोविन्द चौलागाईको नेतृत्वमा रहेको निर्वाचन समितिका सदस्यहरू तथा निर्वाचन परिवेक्षक इन्जिनियर सितु सैंजुलाई कदर पत्र प्रदान गर्नुभयो ।

१३ वर्षपछि गठित नयाँ कार्यसमितिका सदस्यहरूको सपथ ग्रहण कार्यक्रममा साविक स्याङताङ धारा उपभोक्ता समितिका निवर्तमान अध्यक्ष सुमन न्यौपानेलाई समेत प्रतिनिधित्व गर्दै दधिकोट बृहत खानेपानी मूल उपभोक्ता समितिका निवर्तमान अध्यक्ष अनिलकुमार श्रेष्ठले हाल सम्म उपभोक्ता समितिले भोग्नुपरेको आरोह अवरोहका बारेमा जानकारी गराउनुभयो। उहाँले नयाँ कार्यसमितिलाई पूर्ण साथ सहयोग गर्ने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

वडा नम्बर १ का वडा अध्यक्ष सानुकाजी कायस्थ तथा वडा नम्बर ४ का वडा अध्यक्ष लक्षुराम न्यौपानेले नयाँ कार्य समितिलाई शुभकामना व्यक्त गर्नुभयो। कार्यक्रमका प्रमुख अतिथि कार्यवाहक नगरप्रमुख सरिता भट्टराई तिमल्सिनाले सूर्यविनायक नगरपालिकाले दधिकोट सहरी खानेपानी तथा सरसफइ समिति लाई सदैव आवश्यक साथ सहयोग प्रदान गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।

नवनिर्वाचित पदाधिकारीहरूलाई खानेपानी तथा निर्माण सुपरिवेक्षण इन्जिनियर सितु सैंजु तथा निर्माण व्यवसायीका प्रोजेक्ट म्यानेजर जुन नेपालीले संघीय खानेपानी तथा ढल व्यवस्थापन विभाग अन्तर्गत सञ्चालित दधिकोट सहरी खानेपानी तथा सरसफाइ आयोजना स्थलगत अवलोकन गराउनुका साथै आयोजना बारे संक्षिप्त जानकारी दिनुभयो ।

इन्जिनियर सैंजुले यस आयोजना निर्माणको पहिलो चरणको अन्तिम क्षणमा रहेको र चाँडै नै समितिलाई हस्तान्तरण गरी आयोजनाको दोस्रो चरण अर्थात मर्मत तथा सञ्चालनको चरणमा प्रवेश गर्ने जानकारी गराउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार