चितवन : खानेपानी तथा सरसफाइ राष्ट्रिय महासंघको २२ औं स्थापना दिवसको अवसरमा चार जना पत्रकार फेडवासन राष्ट्रिय पत्रकारिता पुरस्कारबाट सम्मानित हुनुभएको छ ।
टेलिभिजनतर्फ एभिन्युज टेलिभिजनका सम्वाददाता राजेशचन्द्र राजभण्डारी, अखबारतर्फ चितवन पोष्टका होमनाथ सापकोटा, अनलाइनतर्फ उकेरा अनलाइनका जगतदल जनाला बि.क.. र रेडियोतर्फ रेडियो परासीका मोघनाथ गौतम सम्मानित हुनुभएको हो ।
चितवनमा आयोजित स्थापना दिवस कार्यक्रमका अवसरमा सम्मानित पत्रकारहरुलाई संघीय खानेपानीमन्त्री प्रदीप यादवले पुरस्कार र प्रमाणपत्र प्रदान गर्नुभयो ।
फेडवासनले स्थापना दिवसको अवसरमा विभिन्न चार विधामा वर्षभरिमा खानेपानी, सरसफाइ तथा स्वच्छताको क्षेत्रमा क्रियाशील सञ्चारकर्मीलाई पुरस्कृत गर्दै आएको छ ।