दक्षिणकाली नगरपालिका द्वारा ललितपुरमा आजै देखि खानेपानी आपूर्ति

  वास खबर सम्वाददाता  236 पटक हेरिएको

काठमाडौं : काठमाडौको दक्षिणकाली नगरपालिकाले ललितपुरका लागि खानेपानी आपूर्ति गर्न थालेको छ। खानेपानीमन्त्री प्रदीप यादवले दक्षिणकालीका जनप्रतिनिधिलाई भेटेर ललितपुरका नागरिकका लागि तत्काल पानी आपूर्तिमा सहयोग गरिदिन आग्रह गरेपछि आजै देखि ललितपुरमा खानेपानी आपूर्ति गर्न थालेको हो।

शनिबार दिनभरको प्रयासपछि भैँसेपाटीको ट्याङ्कीमा पानी झर्न थालेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड ९केयुकेएल० भैँसीपाटीले जनाएको छ। मन्त्री यादवको आग्रहसँगै दक्षिणकाली नगरपालिकाले आज साँझदेखि ललितपुरका नागरिकका लागि दक्षिणकाली नगरपालिकाको कुटुरी मुहानबाट पानी पथान्तरण गरी काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भैँसीपाटीको खानेपानी टयाङ्कीमा पठाईएको खानेपानी मन्त्रालयका सचिव प्रमिलादेवी शाक्य बज्रचार्यले जानकारी दिनुभयो।

तत्काललाई दसैंसम्मलाई दक्षिणकाली नगरपालिकाले त्यहाँबाट पानी छोडिदिने र पूर्णिमाको पर्सिपल्ट फेरि बैठक बसेर सम्पूर्ण क्षतिको लागत विवरण तयारी गरी ललिपुर महानगरपालिका, दक्षिणकाली नगरपालिका र केयुकेल बसेर के(के काम गर्न सकिन्छ भन्ने विषयमा सम्झौता गर्ने सहमति भएको छ उहाँले भन्नुभयो।

ललितपुरमा रहेको काठमाडौं उपत्यका खानेपानी लिमिटेड (केयुकेएल) भैँसीपाटीको खानेपानी टयाङ्कीमा पानी आइपुगेकाले अब चाँडै यहाँका नागरिकलाई पानी वितरणको कार्य सुरु गरिने केयुकेएलका कार्यकारी निर्देशक अशोक पौडेलले बताउनुभयो।

खानेपानीमन्त्री प्रदीप यादव आज दक्षिणकाली नगरपालिकामा गएर आफू राज्यको प्रतिनिधि भएकाले दक्षिणकालीमा बाढी पहिरो लगायतका विपद्‍बाट नागरिकले भोग्नुपरेका पीडा खानेपानीका समस्याहरू स्वयं आफ्ना पीडा भएको र त्यसको समस्या समाधानका लागि हरतरहले अग्रसर रहने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो।

दक्षिणकाली नगरपालिका र स्थानीयहरूसँग गरिएका कतिपय प्रतिवद्धता पूरा गर्न भने बाँकी नै रहेका र दसैं लगत्तै गर्नु पर्ने केयुकेएलले जनाएको छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार