मेलम्चीको पानी दैनिक ७ करोड लिटर वागमतीमा पठाईदै

  वास खबर सम्वाददाता  240 पटक हेरिएको

काठमाडौ : मेलम्ची नदीबाट काठमाडौँको सुन्दरीजलमा ल्याएको पानी मध्ये प्रशोधन केन्द्रले धान्न नसकेको पानी वाग्मती नदीमा पठाएको छ । सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रको क्षमता भन्दा बढी पानी वागमती नदीमा पठाउन थालिएको मेलम्ची खानेपानी विकास समितिका कार्यकारी निर्देशक रत्न लामिछानेले जानकारी दिनुभयो।

कार्यकारी निर्देशक लामिछानेका अनुसार अहिले मेलम्ची नदीबाट दैनिक २५ करोड लिटरभन्दा बढी पानी सुन्दरीजलमा ल्याईएको छ । ती मध्ये करिब १८ करोड लिटर पानी प्रशोधन गरी काठमाडौँ उपत्यकामा वितरण गरिरहेको छ भने बाँकी ७ करोड लिटर पानी वागमतीमा पठाईएको छ । सुन्दरीजल स्थित पानी प्रशोधन केन्द्रले दनिक १७ करोड लिटर पानी प्रशोधन गर्न सक्छ ।

दैनिक ७ करोड लिटर पानी वागमती नदीमा पठाइएका कारण अहिले वागमती नदीको बहाव पनि बढ्दै गइरहेको मेलम्ची खानेपानी विकास समितिले जनाएको छ । पानीको बहाव बढ्न थालेपछि फोहोर देखिँदै आएको वागमती नदी क्रमिक रुपमा सङ्लो हुँदै गएको कार्यकारी निर्देशिक लामिछानेले बताउनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार