काठमाडौ : सरकारले खानेपानी तथा सरसफाइ वा ढल निकास सेवाको छुट्टा छुट्टै अनुमति पत्रको लागि काठमाडौ उपत्यका र काठमाडौ उपत्यका बाहिरको नगरपालिका तथा गाउँपालिकाका लागि छुट्टा छुट्टै अनुमति पत्र दस्तुर तोकेको छ । खानेपानी तथा सरसफाइ नियमावली २०८१ को परिच्छेद ३ नियम ४ ले खानेपानी तथा सरसफाइ सेवा तथा सर्वेक्षण अनुमतिपत्र लिनुपर्ने र त्यसको लागि अनुमति दस्तुर समेत तोकेको हो ।
नियमावलीको अनुसूची २ मा यस सम्बन्धी दस्तुर निर्धारण गरेको छ । जस अनुसार खानेपानी तथा सरसफाइ वा ढल निकास सेवाको छुट्टाछुट्टै अनुमतिपत्रको लागि काठमाडौ उपत्यका भित्र १० बर्ष सम्मको अवधिको लागि न्यूनतम ७५ हजार रुपैयाँ वा अनुमानित लागतको ०.२ प्रतिशतले हुन आउने रकम मध्ये जुन बढी हुन आउँछ, सोही रकम लाग्ने भएको छ ।
उपत्यकाभित्र १० वर्ष भन्दा बढी अवधिको लागि अनुमति लिन चाहेमा न्यूनतम एक लाख रुपैयाँ वा अनुमानित लागतको ०.३% ले हुन आउने रकम मध्ये बढी हुन आउने रकम लाग्ने उल्लेख छ । अनुमतिपत्र लिँदा लाग्ने दस्तुरको बीस प्रतिशतले हुने रकम लाग्ने उल्लेख छ।
यस्तै काठमाडौं उपत्यका बाहिरको नगरपालिका भित्र १० बर्षसम्मको अनुमति लिनका लागि न्यूनतम चालीस हजार रुपैयाँ वा अनुमानित लागतको ०.१५% ले हुन आउने रकम मध्ये बढी हुन आउने रकम र १० बर्ष भन्दा बढी अवधिको लागि भएमा न्यूनतम पचास हजार रुपैयाँ वा अनुमानित लागतको ०.२% ले हुन आउने रकम मध्ये बढी हुन आउने रकम निर्धारण गरेको छ ।
काठमाडौं उपत्यका बाहिरको गाउँपालिका भित्रको हकमा भने दश बर्षको लागि न्यूनतम पन्ध्र हजार रुपैयाँ वा अनुमानित लागतको ०.०७% ले हुन आउने रकम मध्ये बढी हुन आउने न्यूनतम पच्चीस हजार रुपैयाँ वा अनुमानित लागतको ०.१% ले हुन आउने अनुमतिपत्र लिँदा लाग्ने दस्तुरको बीस प्रतिशतले हुने रकम रकम र १० बर्ष भन्दा बढी अवधिका लागि न्यूनतम पच्चीस हजार रुपैयाँ वा अनुमानित लागतको ०.१% ले हुन आउने रकम मध्ये बढी हुन आउने रकम रकम र अनुमतिपत्र लिँदा लाग्ने दस्तुरको बीस प्रतिशतले हुने रकम निर्धारण गरेको छ।
एकमुष्ट लिँदा डेढ गुणा लाग्ने
खानेपानी तथा सरसफाइ र ढल निकास सेवाको एकमुष्ट अनुमतिपत्रको लागि लागि भने डेढ गुणा बढी शुल्क लाग्ने भएको छ । खानेपानी र सरसफाइको एकमुष्ट अनुमतिपत्रको लागि १० बर्ष अवधिसम्मको लागि १.५ गुणाले हुने रकम लाग्ने र दश बर्ष भन्दा बढी अवधिका लागि पनि सोही नियम लागु हुने उल्लेख छ ।
नियमावलीले सर्वेक्षण अनुमति पत्रको दस्तुर, भूमिगत पानी मात्र उपयोग गर्ने गरी खानेपानी सेवाको अनुमतिपत्रको लागि पनि दस्तुर निर्धारण गरेको छ ।