काठमाडौ : खानेपानी र सरसफाइमा उच्चस्तरीय राजनीतिक प्रतिबद्धता नभएसम्म राष्ट्रिय प्राथमिकता क्षेत्र बनाउन नसक्ने निचोडमा पुगेका खानेपानी तथा सरसफाइ क्षेत्रमा पछिल्ला समय यस सँग सम्बन्धित कार्यक्रमहरु भैरहेका छन् ।
गत पुसमा सम्पन्न खानेपानी, सरसफाइ तथा स्वच्छता पैरवी राष्ट्रिय सम्मेलन, माघ अन्तिममा भएको समावेशी, जलवायु उत्थानशील र सुरक्षित सरसफाइ सेवाको प्रतिबद्धताका लागि राजनीतिक संवाद कार्यक्रम, गत फागुन अन्तिममा सम्पन्न ‘खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको प्राथमिकता सह–सिर्जनाका लागि बहुपक्षिय कार्यशाला गोष्ठी र यही चैत्र १ र २ मा सम्पन्न खानेपानी, सरसफाइ र स्वच्छता (वास) सम्बन्धी कार्यक्रम/कार्ययोजना तयारी सम्बन्धमा आयोजित अन्तरक्रिया कार्यक्रम यसैका निरन्तरता हुन् ।
गत फागुन २६ मा सम्पन्न खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्रको प्राथमिकता सहसिर्जनाका लागि बहुपक्षिय कार्यशालामा मुख्य गरी ८ वटा बिषयको उत्तर खोज्ने प्रयास गरिएको थियो । कार्यक्रममा सहभागी बहु सरोकारवालाहरुले चार समूहमा विभाजित भई वास क्षेत्रका कुन – कुन चुनौतीहरू उच्चस्तरीय राजनीतिक इच्छाशक्ति बिना समाधान गर्न सकिँदैन? भन्ने बिषयमा मन्थन गरेका थिए ।
समूहमा वाश क्षेत्रको पैरवीका लागि आधारभूत दस्तावेजहरु के–के हुन सक्छन् ? खानेपानी र सरसफाइलाई राष्ट्रिय विकास लक्ष्य र राष्ट्र/सरकार प्रमुखको राजनीतिक एजेन्डासँग कसरी जोड्ने? वाशका समझदारीसँग गैर खानेपानी, सरसफाइ संस्थाहरूको प्राथमिकताहरू के के हुनुपर्छ भन्ने विषयमा पनि छलफल गरिएको थियो ।
यस्तै राष्ट्र प्रमुख/सरकार प्रमुखको ध्यान आकर्षण गर्ने के कस्ता उपायहरु अपनाउन सकिन्छ ? समझदारी पत्रको स्वरुप कस्तो हुनुपर्छ ? समझदारी पत्रलाई कार्यान्वयन योग्य बनाउन के के गर्नुपर्छ र समझदारी लेखनमा निकट भविष्यमा कुन कार्यहरू गर्नुपर्छ र कसले गर्नुपर्छ भन्ने बिषयमा पनि समूहगत छलफल गरी प्रस्तुतीकरण गरिएको थियो।
वास क्षेत्रका कुन – कुन चुनौतीहरू उच्चस्तरीय राजनीतिक इच्छाशक्ति बिना समाधान गर्न सकिँदैन?
समूहगत छलफल पछि निम्न कामहरु सम्पन्न गर्न उच्चस्तरीय राजनीतिक इच्छा शक्ति आवश्यक पर्ने छलफलको निश्कर्ष थियो।
√ खानेपानीमन्त्रीले राजनीतिक संवादमा गरेका प्रतिबद्धताको अनुसरण गर्नुपर्ने ।
√ सबै राजनीतिक दलको नेतालाई खानेपानी र सरसफाइलाई बजेटमा प्राथमिकता दिन अपील पत्र लेख्ने ।
√ खानेपानी र सरसफाइको एजेन्डालाई मन्त्रिपरिषद र संसद बैठकमा प्रस्तुत गर्नुपर्ने ।
√ प्रत्येक प्रदेशका मुख्यमन्त्रीसँग खानेपानी र सरसफाइको बिषयलाई प्राथमिकता दिन बैठक आयोजना गर्नुपर्ने ।
√ नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघसँग खानेपानी र सरसफाइ सम्बन्धी कार्ययोजना बनाई कार्यान्वयन गर्नुपर्ने ।
√ तराईका २२ जिल्लामा निर्माणाधीन अवस्थामा रहेका र अधुरा खानेपानी आयोजनाहरु सम्पन्न गर्न बजेट विनियोजन गर्नुपर्ने ।
√ वास संसदीय फोरम, नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघ, साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नागरिक समाज जस्ता फोरमहरूलाई सक्रिय बनाउने।
वाश क्षेत्रको पैरवीका लागि आधारभूत दस्तावेजहरु के–के हुन सक्छन् ?
समूहगत छलफलबाट खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी पैरवीका लागि आवश्यक दस्तावेज पहिचान गरिएको छ ।
√ संविधान – खानेपानी र सरसफाइलाई मौलिक अधिकार
√ सुरक्षित रूपमा व्यवस्थित खानेपानी र सरसफाइको अभावले स्वास्थ्यमा पार्ने प्रभाव
√ रोजगारीका अवसरहरु सिर्जना हुने
√ जलवायु परिवर्तनले खानेपानी, सरसफाइ र स्वच्छता संरचनामा पु¥याउने असर ।
राष्ट्रिय विकास लक्ष्य र राष्ट्र/सरकार प्रमुखको राजनीतिक एजेन्डासँग कसरी जोड्ने?
√ संसदीय फोरमको उपयोगः खानेपानी, स्वच्छता र सरसफाई) संसदीय फोरमलाई विकास विषयक छलफल, संसदीय निगरानी र १६ औं आवधिक योजनाको लक्ष्यहरू प्राप्त गर्न सक्रिय बनाउने।
√ समानतामा जोड दिने : खानेपानी सेवा, सरसफाइ र स्वच्छता सेवालाई बराबर प्राथमिकता दिने ।
√ सहयोग जुटाउनेः वास संसदीय फोरम, नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघ, साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, नागरिक समाज जस्ता मञ्चहरू मार्फत राजनीतिक प्रतिबद्धता जुटाउने।
√ तीन तहका सरकार, विशेष गरी स्थानीय सरकारहरूले वाशका कार्यक्रमहरु कार्यान्वयन गर्न उपयुक्त संगठनात्मक संरचना निर्माण गर्ने ।
√ खानेपानी, सरसफाइ र स्वच्छता क्षेत्र विकास योजनाद्वारा निर्देशित वासको लागि राष्ट्रिय प्रमुख कार्यक्रम सँग समाहित गर्ने ।
√ अन्य प्रासंगिक प्रमुख कार्यक्रमहरू बहुक्षेत्रीय पोषण कार्यक्रम, प्रधानमन्त्री स्वरोजगार कार्यक्रम, राष्ट्रिय खोप कार्यक्रमलाई जोड्ने ।
वाशका समझदारीसँग गैर खानेपानी, सरसफाइ संस्थाहरू
√ स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, शिक्षा र प्रविधि मन्त्रालय, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय, वन तथा वातावरण मन्त्रालय, महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, उद्योग मन्त्रालय र निजी क्षेत्रको वास सँगको अन्तर सम्बन्ध छ । खानेपानी, स्वच्छता र सरसफाइका लक्ष्यहरूसँग उल्लेख संस्थाहरु प्रत्यक्ष रूपमा जोडिएका छन्। किनकि वाश क्षेत्रको प्रगतिले पनि उल्लेखित क्षेत्रहरूको उद्देश्य पूरा गर्न मद्दत गर्दछ ।
√ वाश क्षेत्रको प्रबर्धनले स्वास्थ्य, शिक्षा, वातावरण, सामाजिक कल्याण लगायत विभिन्न क्षेत्रमा समन्वय र एकीकरणको आवश्यकता रहेको देखाउँछ।
√ राष्ट्र प्रमुख/सरकार प्रमुखको ध्यान आकर्षण गर्ने के कस्ता उपायहरु हुन सक्छन् ?
√ खानेपानी मन्त्री प्रदीप यादवले गत फेब्रुअरी १० मा भएको राजनीतिक संवादमा गर्नु भएको प्रतिबद्धताको सिंहावलोकन गर्ने ।
√ सबै राजनीतिक दलका नेताहरूलाई बजेटिंग प्रक्रियामा खानेपानी,सरसफाइ र स्वच्छतालाई प्राथमिकता दिन अपील पत्र लेख्ने र यो काम यही समयमा उपयुक्त हुने ।
√ मन्त्रिपरिषद् र संसदमा खानेपानी र सरसफाइ सम्बन्धी एजेन्डा औपचारिक रूपमा टेबुल गर्ने ।
√ प्रदेशका मुख्यमन्त्रीहरूसँग बैठक गरी वाशका कार्यक्रमहरुलाई प्राथमिकतामा राख्न आग्रह गर्ने ।
समझदारी पत्रको स्वरुप कस्तो हुनुपर्छ ?
√ क्षेत्रीय विकास योजनाबाट अल्पकालीन प्राथमिकताहरू छान्ने, प्रमुख कार्यक्रमहरूलाई प्रवद्र्धन गर्ने र अन्य क्षेत्रीय प्रमुख कार्यक्रमहरू सँगको सम्बन्धमा जोड दिने।
√ अफ्रिकी राष्ट्र घानाले अपनाएको मोडेललाई नमुनाको रूपमा हेर्न सकिने ।
√ विकास सम्झौताहरू लक्ष्य उन्मुख, अन्तरसम्बद्ध र व्यावहारिक बनाउन प्रमुख कार्यक्रमहरू र अन्तरक्षेत्रीय सहयोगमा ध्यान केन्द्रित गर्नुपर्ने ।
समझदारी कार्यान्वयन योग्य कसरी बनाउने?
√ प्रभावशाली नेताहरूसँग संवादः समझदारी कार्यान्वयनमा राजनीतिक नेतृत्वको सहयोग जुटाउन संवाद गर्ने।
√ मिडिया सक्रियता र अभियानः मिडिया मार्फत जनचेतना जगाउने र राजनीतिक दबाव बढाउने ।
√ संसदमा संकल्प प्रस्तावः नेपाल नगरपालिका संघ र गाउँपालिका महासंघ, साना सहरी खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघ, राष्ट्रिय खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघले संयुक्त रूपमा ‘संकल्प प्रस्ताव’ संसदमा छलफलका लागि पेश गर्ने।
√ विकास साझेदार संस्थाहरूको भूमिकाः विकास साझेदार संस्थाहरूका प्रमुखहरूले आफ्नै संस्थाहरूभित्र समझदारी कार्यान्वयनको पक्षमा अभियान चलाउने।
समझदारी पत्र लेखन प्रक्रियालाई व्यावहारिक, लक्षित र अन्तरक्षेत्रीय सहयोगमा आधारित कसरी बनाउने ?
√ खानेपानी, सरसफाइ तथा स्वच्छता क्षेत्र विकास योजनाबाट प्राथमिकताहरू छुट्याउने ।
√ विकास योजनाबाट अल्पकालीन प्राथमिकताहरू छान्ने र तिनलाई समझदारी पत्रमा समावेश गर्ने।
√ प्रमुख कार्यक्रमहरू प्रवद्र्धनः खानेपानी, सरसफाइ र स्वच्छता सम्बन्धी प्रमुख कार्यक्रमहरूलाई अगाडि बढाउने ।
√ अन्य क्षेत्रीय कार्यक्रमहरूसँग जोडः अन्य क्षेत्रका प्रमुख कार्यक्रमहरूसँग समन्वय गरी एकीकृत रणनीति बनाउने।