धादिङ : धादिङको ज्वालामुखी गाउँपालिका वडा नम्बर ६ को देउराली टोल, हुलाक भञ्ज्याङ, मिलनटोल, सेतीदेवी टोल र साँघभन्ज्याङ गरी ५ वटा गाउँलाई गत मंगलबार एकैदिन स्वच्छ र सफा क्षेत्र घोषणा गरियो । देउराली टोलको ३४ घरधुरी, हुलाक भञ्ज्याङको १ सय १८ घरधुरी, मिलनटोलको ३५ घरधुरी र सेतीदेवी टोलको ३४ घरधुरी तथा साँघभञ्...
सफलताको कथा
-
-
खानेपानीे क्षेत्रको एक पाठशाला, सिपाडोल खानेपानी आयोजना
संगीता गिरी दास : पानीको बढ्दो अभाव झेलिरहेको काठमाडौं उपत्यकाका कैयौं बस्तीहरूभन्दा भक्तपुरको सिपाडोलको अवस्था पनि केही समय अघिसम्म भिन्न थिएन । तीव्र रूपमा बढिरहेको जनसंख्यालाई पानीको पर्याप्त आपूर्ति गर्ने कुरा दिनदिनै चुनौतीपूर्ण बन्दै थियो । यो अवस्थामा साविकको सिपाडोल गाविसको १,२, ३ र ८ वडा ओगटेको (...
-
म हुँ पानी पाले अर्थात ग्रामीण मर्मत सम्भार कार्यकर्ता
रौतहट : श्याम दर्लामी नाम । पानी तान्ने, चढाउने र पठाउने काम । खासै चित्त बुझ्दो छैन दाम । र पनि आफ्नो काममा दिनरात, घामपानी नभनी खटिरहनुभएको हुन्छ । अरुलाई पानी खुवाउने कामबाट पूण्य मिल्ने विश्वासले उहाँलाई सधैं घच्घच्याईरहन्छ । दर्लामीलाई कोही भन्छन् पानी पाले कोही भन्छन् भीएम्डब्लु अर्थात ग्रामीण मर...
-
‘मेरो विद्यालय सहयोग कार्यक्रम’ विद्यालय सरसफाइका लागि कोसेढुङ्गा
अर्घाखाँची : अर्घाखाँचीको भगवती माध्यमिक विद्यालयको वरिपरि कागजका टुक्रा र प्लाष्टिक देख्न पाईदैन । विद्यालय प्राङ्गण सफासुग्घर र चिटिक्क परेको छ । विद्यालयको प्राङ्गण यत्ति धेरै सफा हुनुमा सरसफाइ प्रति विद्यालय परिवारमा आएको सचेतना र छात्रछात्रालाई जङ्गफुड खान नदिनु पनि हो । विद्यालयमा छात्र र छात्राक...
-
उपभोक्ता जागे के छ असम्भव ? १७ लाखमा मुहान खरिद, ८५ जनाको नाममा धनीपूर्जा
धनकुटा : उपभोक्तालाई वास्तविक आवश्यकता मात्र हुनुपर्छ, जस्तो सुकै असम्भव कामलाई पनि सम्भव तुल्याउँछन् । पहाड फोडेर होस् वा छाक काटेर या त सयौं दिन श्रमदान गरेर नै किन नहोस्, खानेपानी ल्याएरै छाड्छन् । धनकुटाको शहिदभूमी गाउँपालिका – ६, थलथले वजारका बासिन्दाले खानेपानी आपूर्तिका लागि गरेको संघर्षको कथाले यह...
-
खानेपानीले हाम्रो दुःख बगायो
संगीता गिरी दास उराठलाग्दो गाउँ, न त बस्नका लागि उपयुक्त घर, न त शौचालयको व्यवस्था । विद्यालय जाने उमेरका केटाकेटी दिनभरि बाटातिर बरालिएका । गाउँमा पुरूषहरू त देख्नै नपाइने । पानीको सधैं हाहाकार । महिलाहरूको अनुहारमा छाएको दुःख र निराशाको भाव । बाटोघाटो समेत त्यस्तै अव्यवस्थित र फोहोर । महोत्तरी जिल्लाको बर्दाह...
-
खानेपानी तथा सरसफाइजन्य जोखिम कम गर्न विद्यार्थीले बनाए कार्ययोजना
काठमाडौ : चन्द्रगिरी नगरपालिकाको ब्राईट फ्यूचर सेकेण्डरी स्कुलमा अध्ययनरत स्तुति अर्यालले यसअघि शिक्षकले पढाएको सुन्ने, नबुझेको कुरा सोध्ने र शिक्षकले अह्राएको काम पूरा गर्ने भन्दा अरु काम गर्नै पाएकै थिइनन् । किताबमा लेखिएको कुरा घोक्न सक्ने भएपनि पढाईसँगै सम्बन्धित अतिरिक्त काममा उनको लगाव खासै थिएन । विद्य...
-
खानेपानीले दैनिकीमै फेरबदल
पर्वत : तीन वर्ष अघि सम्म पर्वत जिल्लाभर एउटा कहानी थियो, नाम रानीपानी, छैन खानेपानी । तर अहिले त्यो कहानी फेरिएको छ । २०६९ सालतिर चलेको खुला दिसामुक्त अभियानले गाउँमा नयाँ सोच जन्मायो । खुला दिसामुक्त हुनलाई घरघरमा चर्पी चाहियो । चर्पीलाई पानी । नजिक पानीको स्रोत नभएपछि स्थानीयले चर्पी बनाउनै मानेनन् । तर, गाउँ पु...
-
भूकम्पले जुराएको स्यानिटरी प्याड बनाउने उद्योग, ९ जनालाई रोजगारी
धादिङ : भूकम्प गएपछि इन्तु न चिन्तु भएर अरुले दिएको थापेर छाक टार्दै आएका धादिङ सेम्जोङकी मीना तामाङ टहरोमा अडेस लाएर बसिरहनुभएको थियो । मन भित्र खेलिरहने अनेकौं कुराले उहाँलाई एकोहोरो बनाईसकेको थियो । घरी भूकम्पले गुमाएको आफन्तको यादमा आँखाको परेली भिज्थ्यो, घरी आफ्नै अनिश्चित जिन्दगीदेखि वाक्कदिक्क लाग्थ्यो । आम्दानी...
-
एनजिओको जागिर भन्दा पिसाब खेती प्यारो
बझाङ : झोलामा ल्याप्टप र फाइल बोकेर सामाजिक चेतना अभिवृद्धिका लागि हिड्ने विकासे कार्यकर्ता हर्कबहादुर विष्ट हिजोआज बैठक तथा तालिम स्थलतिर भेटिनुहुन्न । उहाँलाई भेट्न हिजोआज करेसाबारी वा प्लाष्टिक टनेलमा पुग्नुपर्छ । अरुलाई तालिम दिएर सामाजिक चेतनाको कुरा गर्ने हर्कबहादुर व्यवहारिक रुपमा आफैले नै गरेर समाजका लागि केही ...







