टिपीट्याप निर्माण भएपछि स्कुल र विद्यार्थीलाई फाइदै फाइदा

जुम्ला १६ फागुन । ६ महिना अघिसम्म पानी पिउन लाइन लाग्नुपर्ने जुम्लाको दुर्गा उच्च माविमा अहिले एकैपटक दशौ विद्यार्थीले एकैपटक पानी पिउँछन् । एकै पटक दशौं व्यक्तिले पानी पिउन मिल्ने टिपीट्याप प्रविधि जडान भएपछि लाइन लागेर पानी पिउनुपर्ने बाध्यता हटेको हो । पछिल्लो पटक यस्तो प्रविधि जुम्लाको लाम्रा गाविसमा रहेको दुर्गा उच्च मावि र कालिका प्राविमा निर्माण गरिएको हो ।


पहिले जस्तो एउटै धाराबाट पानीको प्यास मेटाउनुपर्ने बाध्यता छैन दुर्गा उच्च माविमा । अहिले ९ वटा धारा एक टिपी ट्याप र उत्ति नै संख्यामा वालमैत्री धारा वनेका छन् । विद्यालयमा पर्याप्त पानीको उपलब्ध भएपछि नियमित रुपमा विद्यार्थी स्कुलमा आउन थालेको दुर्गा उच्च माविका प्रधानाध्यापक प्रेम वहादुर शाहीले बताउनुभयो ।

टिपी टयाप निर्माण भएपछि स्कुल छोड्ने विद्यार्थीको संख्या पनि घटेको छ । प्रधानाध्यापक शाहीका अनुसार खानेपानी नहुँदा स्कुल छाडेर भाग्ने प्रावि तहका विद्यार्थी पूरा अवधि स्कुलमा बस्न थालेका छन् । ‘खानेपानीको व्यवस्था नहुँदा हाफ टाईममै घर जान्थे, तर अहिले स्कुलमै अडिएका छन्’ प्रधानाध्यापक शाहीले भन्नुभयो ।

एकै पटक धेरै वालवालिकाले पानी पिउन पाएपछि शिक्षकलाई पढाउन पनि सजिलो भएको छ । पढाउने बेला कतिपय बालबालिका पानीको पर्खाइमा हुने र पढाई छुट्ने गरेको अनुभव सुनाउँदै प्रधानाध्यापक शाहीले भन्नुभयो ‘अहिले त पानी पिउने समयमा पिउँछन्, पढ्ने समयमा पढ्छन् कक्षा र भरिभराउ हुन्छ ।’

पर्याप्त पानी उपलब्ध भएपछि चर्पीको पनि सदुपयोग भएको छ । सरसफाईमा पनि निक्कै सहयोग पुगेको छ ।

टिपीट्याप अरु विद्यालयमा पनि विस्तार गर्नुपर्छ :  जिल्ला शिक्षा अधिकारी

जुम्लाका जिल्ला शिक्षा अधिकारी कुल वहादुर फडेराले स्कुल जस्तो एकै ठाउँमा धेरै मानिसको जमात हुने ठाउँका लागि टिपीट्याप अति नै उत्कृष्ट प्रविधि रहेको बताउनुभयो । विद्यालयको निरिक्षण गर्न दुर्गा उच्च मावि पुग्नु भएका अधिकारी फडेराले यो प्रविधि जिल्लाका अधिकांस विद्यालयमा विस्तार गर्नुपर्ने बताउनुभयो ।

‘टिपीट्यापले वालवालिकालाई पानी पिउन सजिलो बनाएको देखें, यसले बालबालिकाको सिकाइमा पनि सघाउ पु¥याउँछ ।
जिल्ला खानेपानी सरसफाइ डिभिजन कार्यालय जुम्लाका प्रमुख टंक सोडारीले टिपीट्याप प्रति सवैको चासा बढ्दै गएको र जिल्ला खानेपानी कार्यालयवाट विद्यालयमा निर्माण गरिने धारा टिपीट्याप प्रविधिमा आधारित हुने बताउनुभयो । जुम्लाका १४ वटा स्कुलमा टिपीट्याप निर्माण भएका छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार