काठमाडौ १७ वैशाख । सरकारले सार्वजनिक यातायातमा फोहोर संकलनको लागि तोकिएको गुणस्तर बमोजिमको पोलिथिन थैलो वा डस्टबिन अनिवार्य राख्नुपर्ने नियम लागु गरेको पाँच महिना हुनै लाग्दा समेत कार्यान्वयन भएको छैन ।
सार्वजनिक गाडीभित्र हुने फोहोरमैलालाई नियन्त्रण एवं व्यवस्थित गर्न सरकारले यही पुस १ गतेदेखि हरेक सार्वजनिक यातायातमा अनिवार्य डस्टविन राख्नुपर्ने व्यवस्था गरेको थियो ।
तर अहिलेसम्म धेरैजसो सार्वजनिक यातायातले यो नियम पालना गरेका छैनन् भने डस्टविन राखेका सवारी साधनमा समेत प्रभावकारी रुपमा प्रयोगमा आएको छैन । दिक्पाल गिरीको सामग्री :
सरकारले गत पुस देखि नै सवारी साधनबाट यात्रा गर्दा झ्यालबाट सार्वजनिकस्थल तथा सडकमा फोहरजन्य पदार्थहरु (प्लाष्टिक, बोतल, खानेकुराको अवशेष, कागज आदि) फ्याँक्न निषेध गरेको थियो ।
जथाभावी फोहोर फ्याँक्दा बाटोघाटो र सार्वजनिकस्थल समेत फोहोर भई वातावरणमा प्रतिकूल असल पर्ने भएकाले संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय र नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघ वीच २०७३ मंसिर १७ गते सहमति भएपछि पुस १ गतेदेखि लागु भएको घोषणा गरिएको थियो ।
यस्तो छ नियम
प्रत्येक सवारी सार्वजनिक सवारी साधनले अनिवार्य एउटा डस्टविनको व्यवस्था गर्नुपर्ने, सार्वजनिक यातायात छुट्नु भन्दा अगाडि सवारी चालकले यात्रुलाई डष्टबिनको प्रयोग गर्न अनुरोध गर्ने र यात्रुहरुले गर्ने फोहोर वस्तुलाई तोकिएको ठाउँमा मात्र विसर्जन गर्ने ।
विसर्जन गरिएको स्थलबाट नगरपालिका, उपमहानगरपालिका तथा महानगरपालिकाले फोहोर विसर्जन गर्ने अन्तिम स्थलमा पु¥याउने ।