ढल व्यवस्थापन नीति २०७५ ले गरेको मुख्य व्यवस्था

काठमाडौ : सरकारले फोहोर पानी र दिसाजन्य लेदो व्यवस्थापनमा देखिएको नीतिगत रिक्ततालाई हटाउन ढल व्यवस्थापन नीति २०७५ कार्यान्वयनमा ल्याएको छ । ढल व्यवस्थापन सम्बन्धी कामलाई नीतिगत रुपमै व्यवस्थित र निर्देशित गर्न गत कातिक २० गतेको मन्त्रीस्तरीय निर्णयबाट ढल व्यवस्थापन नीति स्वीकृत भइसकेको छ ।


यस अघि २०५१ मा बनेको “सरसफाइ कार्यक्रम तर्जुमा र कार्यान्वयनका लागि नेपाल राष्ट्रिय सरसफाइ नीति र मार्गदर्शन” २०५३ सालमा बनेको “फोहोरमैला व्यवस्थापन राष्ट्रिय नीति” समेत फोहोर पानी र दिसाजन्य लेदो व्यवस्थापनको क्षेत्रलाई समेट्न नसकेकाले ढल व्यवस्थापन सम्बन्धी छुट्टै नीति निर्माण गरी लागु गरिएको हो ।


ढल व्यवस्थापन नीतिको मुख्य उद्देश्यहरु :


 सबै जनतालाई दिगो सरसफाइ सुबिधा उपलब्ध गराइ जनस्वास्थ्यमा सुधार र जनताको जीवनस्तर माथि उकास्न टेवा पु¥याउने ।
 ढलको उचित व्यवस्थापनको अभावमा विशेष गरेर शहरी तथा घना बस्ती क्षेत्रमा बर्षेनी फैलिने फोहरजन्य संक्रमक रोगहरुबाट हुने संक्रमणलाई न्यूनिकरण गर्ने ।
 ढल प्रशोधन प्रणालीको निर्माण गरी प्राकृतिक खोला नालाको पानीलाई मलमूत्र जन्य प्रदुषणबाट जोगाई वातावरणीय स्वच्छता कायम गर्ने ।
 शहरी सौन्दर्य वृद्धि गर्दै सभ्य समाजरशहर निर्माणमा टेवा पु¥याउने ।

उद्देश्य प्राप्तिका लागि अवलम्बन गरिने योजना तथा कार्यक्रमहरु


 शहरी तथा घना बस्ति क्षेत्रमा प्रशोधन केन्द्र सहितको ढल आयोजना निर्माण गरी संचालन गरिनेछ ।
 ढल प्रणालीमा आबद्ध गर्न नसकिने र छरिएर रहेको बस्तीको लागि दिसाजन्य लेदो व्यवस्थापन आयोजना निर्माण गरी सञ्चालन गरिने छ ।
 आवश्यकता अनुसार केन्द्रिकृत एवम् विकेन्द्रित ढल आयोजनाको निर्माण गरिनेछ ।


जग्गा प्राप्त भएसम्म प्राकृतिक प्रक्रिया अपनाईने


ढल प्रशोधन प्रणालीको निर्माण गर्दा सकेसम्म प्राकृतिक प्रक्रिया अपनाईने भएको छ । तर जग्गा जग्गा प्राप्त गर्न कठिनाइ हुने स्थानहरुमा भने यान्त्रिक प्रविधिगत विकल्पहरु अवलम्बन गरिने नीतिमा उल्लेख छ ।


नीतिमा फोहोरपानीको उत्पादन कम गर्न यथोचित ध्यान दिनुपर्ने, यसका लागि घटाउने पुनः प्रयोग पुनः चक्रिय पुनः प्राप्ति को सिद्धान्त अवलम्वन गर्नुपर्ने, पानी कम खपत गर्ने र पुनः प्रयोग गर्ने सम्बन्धी प्रविधि र सामाग्रीहरुको बिक्री वितरण र प्रयोगलाई प्रोत्साहन गरिने उल्लेख छ ।

अस्पताल, उद्योग, व्यापारिक केन्द्र र पशुवधशालाबाट निष्कासन हुने फोहोरपानी पूर्व प्रशोधन गरेर मात्र सार्वजनिक ढलमा मिसाउन नपाइने नीतिमा उल्लेख छ ।


ढल व्यवस्थापन नीति हेर्नका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

https://washkhabar.com/np/wp-content/uploads/2019/02/Khanapani-thadha-dhal-nikash-updated-3.pdf


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार