अस्पतालजन्य फोहोर व्यवस्थापन सम्बन्धी जनस्वास्थ्य ऐनमा के छ व्यवस्था ?

 

काठमाडौ : फोहोरमैलाले जनस्वास्थ्यमा नराम्रो असर पार्छ । झनै अस्पतालजन्य फोहोर अन्य फोहोरको तुलनामा जनस्वास्थ्यका लागि अति जोखिम र घातक मानिन्छ । त्यसैले अस्पतालजन्य फोहोरको व्यवस्थापन अरु फोहोरको भन्दा फरक तरिकाले गर्नुपर्छ । अस्पतालजन्य फोहोर अन्य सामान्य फोहोरसँग मिसाउँदा उक्त फोहोरलाई समेत संक्रामक बनाईदिने हुँदाको यसको व्यवस्थापन सही र वैज्ञानिक तरिकाले गर्न आवश्यक छ ।

जनस्वास्थ्य सेवा ऐन २०७५ को परिच्छेद ५, दफा ४१ मा यस सम्बन्धी व्यवस्था गरिएको छ । जनस्वास्थ्य सेवा ऐन २०७५ अनुसार वातावरणीय प्रदुषण तथा फोहोरमैलाबाट मानव स्वास्थ्यमा पारेको वा पार्ने प्रतिकुल प्रभावलाई नियन्त्रण गर्नको लागि नेपाल सरकारले प्रचलित संघीय कानुन बमोजिम आवश्यक मापदण्ड बनाउन सक्ने उल्लेख छ ।

यस्तै स्वास्थ्यजन्य फोहोरमैला संकलन पुनः प्रयोग, प्रशोधन, विसर्जन र नियमनको लागि नेपाल सरकारले आवश्यक मापदण्ड बनाउने उल्लेख छ ।

उक्त मापदण्डको पालना गर्नु प्रदेश तथा स्थानीय तहको कर्तव्य हुने भनिएको छ ।
दफा ४१ को उपदफा ४ मा प्रत्येक स्वास्थ्य संस्थाले तोकिएको मापदण्ड बमोजिम जोखिमरहित र जोखिमयुक्त फोहोरलाई छुट्याई व्यवस्थापन गर्नुपर्ने उल्लेख छ ।
र यस्तै प्रत्येक स्वास्थ्य संस्थाले सेवा प्रदायकलाई तोकिएको मापदण्ड बमोजिमको स्वच्छ खानेपानी उपलब्ध गराउनुपर्ने उल्लेख छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार