मनिराज पाण्डे
कालिकोट : पलाँता ८ को सिर्स खानेपानीको चरम अभाव भएको बस्ती हो । यहाँका स्थानीले खानेपानीको जोहो गर्न दैनिक ५ घण्टा खर्चनु पर्ने बाध्यता रहि आएको छ । स्थानीय सरकारले यहाँ खानेपानी पु¥याउन २०७४ सालबाट काम सुरु गरेपनि पुरा हुन सकेको थिएन ।
कठिन भुबनावट, कडा चट्टान र ५ किलो मिटर टाढा बाट खानेपानी बस्ती सम्म पु¥याउन स्थानीयर सरकारलाइ फलामको च्युरा चपाए झै भयो । बजेट अनुसारको काम हुन नसकेपछि स्थानीय सरकारले वाटर नेपाल र पलाँता गाउँपालिकाको संयुक्त लगानीमा किर्डाक नेपाललाइ सहजिकरणका लागि अनुरोध गरेको थियो ।
किर्डाक नेपालले पलाँता ८ को दाम्री र सिर्स बस्तीका ३२ घरधुरीमा खानेपानी सरसफाइ तथा स्वच्छता अधिकार कक्षा संचालन ग¥यो । स्थानीयलाई जागरुक गराउदै २०७६ बाट हुपिखोला सिर्स देडु थिर्पु खानेपानी सरसफाइ तथा स्वच्छता आयोजनाको काम प्रारम्भ गरियो । काम संचालन भएको बर्ष दिन नपुग्दै ५ घण्टा टाढाबाट पानीबोकेर खाइरहेका सिर्सका स्थानीयको घरमा सम्म खानेपानी पुग्यो । पानी धारामा नझरेको भएपनि घर सम्म पानी पुगेपछि स्थानीयले खुशीयाली बनाए ।
“खानेपानी बोक्दा बोन्दै दिन बित्ने गरेको पलाँता ८ की ५६ बर्षिया राजु रोकायाले बताइन्” खानेपानी आयोजनाको काम समयमै सम्पन्न गर्ने यहाँका स्थानीयको भरपुर सहयोग रहेको सामाजीक प्राविधिक किरुकुमारी बमले बताइन् । सिर्सका सबै घरधुरीले दैनिक दिन एक जनाको काम खानेपानी बोक्ने हरेको सुनाए । यहाँ धेरै परिवार हुने घरमा दुई जनाले पानी बोक्नु पर्छ, जान दुई घण्टा, पानी भरेर आउन तीन घण्टा लाग्छ स्थानीय रुद्ध रोकायाले भने ।
धेरै पानी बोक्ने भाँडा खोलाले बगायो, खोलाकै पानी हाम्रो परानी भयो, क्या निको क्या अनिको स्थानीय जोरे रोकायाले भने । त्यती टाढाको पानी आवला र खाँउला भन्ने आँस थिएन ८१ बर्षिया जोरे रोकायाले थपे । अझै स्थानीयको धारामा पानी आएको छैन तर घर नजिकै पानी आएकोमा स्थानीय खुशी देखिएका छन् ।
गाउँपालिका मार्फत खानेपानीको काम सुरु भएको भए बर्षौ सम्म खानेपानी नपुग्ने समितिका अध्यक्ष कृष्णबहादुर बमले सुनाए । गाउँपालिका संग बजेट छ तर काम गर्ने तौर तरिका छैन त्यसैले काम समयमै हुदैन स्थानीय विकासका जानकार लिलाराम न्यौपानेले भने । खानेपानी आयोजना पुर्णरुपमा संचालन हुन अझै महिना दिन लाग्ने भएपनि सिर्सका स्थानीयले भने अहिले बाटै पानी खान थालेका छन् ।
वाटर एड नेपाल र पलाँता गाउँपालिकाको आर्थिक सहयोगमा किर्डाक नेपालले यसै बर्ष सम्पन्न गर्ने गरी हुपिखोला सिर्स देडु थिर्पु खानेपानी आयोजना संचालन गरिरहेको छ । यो आयोजना सम्पन्न भएमा पलाँता ८ र ९ का ५ सय ३० घरधुरीमा शुद्ध खानेपानीको पहुँच हुने छ ।