लमजुङ : करिब २ दशकयता विकासको खोजी गर्दै गाउँबाट बेंसीतिर बसाइँ सर्ने क्रम तीव्र बन्यो । गाउँ खाली हुँदै गयो । बेंसीमा सहरीकरण बढ्दै गयो । भकुण्डे क्षेत्रको फाँट र खेतैभरि घरहरू धमाधम निर्माण गरिए । सडक, बिजुली, टेलिफोन जडान गरिए । स्कुल र स्वास्थ्य संस्था भकुण्डे फाँटमै । डुम्रे–बेंसीसहरका सडकमै जोडिएर घरहरू निर्माण भए । सदरमुकाम बेंसीसहर नजिकै भएकाले पनि गाउँबाट झर्नेले भकुण्डे क्षेत्र नै रोजे । बस्तीको विकास भयो । जनसंख्या बढ्दै गयो । तर, खानेपानीको अभाव चुलियो ।
स्थानीय अगुवा कृष्ण केसीका अनुसार खानेपानीको चरम अभाव भएपछि स्थानीयले यसको भरपर्दो व्यवस्थापनको खोजी गरे । उनीहरूले माथिल्लो क्षेत्रको खानेपानी मुहानलाई एकीकृत गरी बजारमा खानेपानी ल्याउने योजना बनाए । २०७२ मा भकुण्डे खानेपानी तथा सरसफाई उपभोक्ता समिति गठन गरे । ‘पुस्तौंदेखि हामीले माथिल्लो क्षेत्रकै पानी खाइराखेका थियौं । बजारमा जनसंख्या बढेपछि पुगेन,’ खानेपानीका अध्यक्ष गोविन्द खड्काले भने, ‘कम बजेटले नपुग्ने भएपछि ठूलो दाताको खोजीमा हिँड्यौं । एउटा गैरसरकारी संस्थाको सम्पर्कमा पुग्यौं । जुन संस्थालाई अमेरिकी नागरिकलेसहयोग गर्दै आएको रहेछ । अनि प्रक्रिया अघि बढायौं ।’
अमेरिकी संस्थाअमेरिकी संस्था ल्याटर डे स्यान्ट च्यारिटिज (एलडीएससी) को सहयोगमा अहिले लमजुङको बेंसीसहर नगरपालिका–२ भकुण्डेको ३ सय घरधुरीमा खानेपानी पुगेको छ । खानेपानीका लागि २०७५ वैशाख २६ गते सम्झौता गरेर काम अघि बढाइएको थियो । अहिले घरघरै धारामा चौबीसै घण्टा पानी आउँदा दैनिक कामकाजसहज बनेको बसन्तकुमारी थापाले बताइन् । ल्याटर डे स्यान्ट च्यारिटिज (एलडीएससी) को सहयोगमा अहिले लमजुङको बेंसीसहर नगरपालिका–२ भकुण्डेको ३ सय घरधुरीमा खानेपानी पुगेको छ । खानेपानीका लागि २०७५ वैशाख २६ गते सम्झौता गरेर काम अघि बढाइएको थियो । अहिले घरघरै धारामा चौबीसै घण्टा पानी आउँदा दैनिक कामकाजसहज बनेको बसन्तकुमारी थापाले बताइन् ।
एलडीएससी अमेरिकाका कन्ट्री डाइरेक्टर डेभिड डिकिनका अनुसार नेपाली नागरिकलाई खानेपानी खुवाउन अमेरिकाबाट आएका संस्थासँग आबद्ध स्वयंसेवकले धेरैपल्ट श्रमदान गरे । ‘हाम्रा स्वयंसेवकले गल, गैंची र कुटो कोदालो बोकेर श्रमदान गरे । यसलाई अन्यथा नसोच्नु होला,’ खानेपानी उद्घाटन गर्न अमेरिकाबाट आएका डेभिडले भने । उनका अनुसार अमेरिकामा श्रमदान भन्ने हुँदैन । तर, नेपालमा यस्तो खालको सहकार्य देखेर श्रमदानमा लागेको उनले सुनाए । यो खबर कान्तिपुर दैनिकले छापेको छ ।
समितिका अध्यक्ष खड्काका अनुसार एलडीएससीमार्फत नेपालको मानवीय सेवा तथा अन्तर सांस्कृतिक आदानप्रदान केन्द्र ९च्वाइस ह्युमनिटेरियन० नेपालले १ करोड ४४ लाख सहयोग गर्यो । बेंसीसहर नगरपालिकाले १० लाख र उपभोक्ताले नगद र श्रमदान गरी ३७ लाख ४५ हजारको काम गरे । कुल १ करोड ९१ लाख लगानीमा खानेपानी आयोजना निर्माण गरियो । आयोजनाको इस्टिमेटमा २ करोड ५८ लाख रुपैयाँ लागत अनुमान रहे पनि उपभोक्ताको क्रियाशीलताले तोकिएकोसमयमै काम सकिएको अध्यक्ष खड्काले बताए ।
समितिको कार्यालय भवनको समेत निर्माण सुरु गरिएको छ, जसको लागत अनुमानित ४० लाख रहेको उनले बताए । बेंसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले यहाँका सबै घरमा खानेपानी पुर्याउने लक्ष्यअनुरुप अघि बढेको बताए । च्वाइस नेपालका कार्यकारी निर्देशक प्रतीक शर्माले नागरिकलाई आवश्यक पर्ने क्षेत्रमा सहयोग गर्दै आएको बताए ।