सेनिटाइजको नाममा कीटनाशक औषधि छिड़कावको दुष्प्रभाव

लेखक – धीरेन्द्र साह

भए भरको फोहोर थुपार्ने, खाल्डा खुल्डीमा पानी जम्मा गरेर राख्ने यो हाम्रो दिनचर्या । लामखुट्टेले टोक्यो सुत्न दिएन भनी कराउने बानी हो हाम्रो ।
तपाई र हाम्रो हल्ला खल्लाले देशभरिको स्थानीय निकाय जस्तै हाम्रो नगरपालिकाले पनि हप्ता दिन देखि लगभग ३० लाख खर्च गरेर लामखुट्टे मार्ने औषधि छरिएको छ । धन्यबाद छ स्थानीय निकाय परिवारप्रति ।

हप्ता दिन त आरामले सुत्नु भएको होला होइन साथी । अहिले के छ मच्छर टोकाईको अबस्था ? जानकारी पाऊँ ।

यसको दूरगामी प्रभाव बारेमा डाक्टर साहेवहरु भन्नुहुन्छ ……। लकडाउनको बिशेष अवसरको सदुपयोग गरेर आ आफ्नो घर भित्र एवम् आसपासको फोहोर ठाउँलाई सामाजिक दुरीको ख्याल राखेर सरसफाइ गर्ने प्रयास गर्नु । फेरि मेरो आग्रहलाई स्वीकार गर्दै अभियान नगर्नु होला साथी । सरसफाइ भए कोरोना संक्रमण सँगसँगै लामखुट्टेको टोकाईको पीड़ा एवम् डेंगू ( मलेरिया, कालाजारको बिमारीबाट पनि मुक्ति पाउने हो ।

कोरोनाको कारण भएको लकडाउनले त बातावरण स्वच्छ र सफा भएको हो तर स्यानिटाइजरको नाममा भईरहेको कीटनाशक औषधि छिड़कावको दुष्प्रभाव भविश्यमा हाम्रो स्वास्थ्य माथि छोड्ने चिन्ताले सताई रहेको छ । यदि हामी लककडाउनको अक्षरसः पालना गर्छौ भने सरकारले पनि धेरै ठाउँको सेनिटाइज गर्नु पर्दैन । कोरोना संक्रमित टोलको सेनिटाइज गर्न त मजबुरी हो ।

कीटनाशक छिड़कावको रकमको सदुपयोग लकडाउन पीडित परिवारको राहत एवम् कोरोना बिरुद्धको हस्पिटलको स्तरोन्नतिको लागि सदुपयोग गर्दा राम्रो हुन्थ्यो । कोरोनाको मजबुरीमा साबुन पानीले हातधुने बानीको बिकास भयो अब फोहोरको कारण भविश्यमा अर्को हुने महामारीको इन्तजार नगÞरी भएको फोहोर लाई वर्गीकरण गÞरी राख्ने, कुहिने फोहोरलाई जैविक मल बनाउने र नकुहिने फोहोरलाई स्थानीय तहलाई हस्तान्तरण गर्ने बानीको विकास गरौं न । फोहोरको कारण अर्को महामारी होस् त्यसपछि सोच्ने र केही गर्ने जस्तो मुर्खतापूर्ण बेलाको इन्तजार नगरौं । जय सरसफाइ ।

लेखक सरसफाइ अभियन्ता हुनुहुन्छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार