काठमाडौं : कोरोना भाइरस संक्रमण फैलिन नदिन स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन निर्देशिका जारी हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, वातावरणीय स्वास्थ्य तथा स्वास्थ्यजन्य फोहोर व्यवस्थापन शाखाका प्रमुख डा. सुरेन्द्र चौरसियाले स्वास्थ्यजन्य फोहरमैला व्यवस्थापन निर्देशिकामा स्वीकृतिको प्रक्रियामा रहेको र नयाँ जनस्वास्थ्य नियमावलीले फोहरमैलाको अनुगमन गर्न निरिक्षक राख्ने व्यवस्था गरेको बताउनुभयो ।
गैर सरकारी संस्था गुथिले विश्व स्वास्थ्य संगठन नेपालको सहकार्य र काठमाडौं उपत्यकाका विभिन्न नगरपालिकाको सहभागितामा आयोजना गरिएको वेबिनारमा डा. चौरसियाले हाल कोभिड—१९ को संक्रमणको जोखिमका कारण सचेत भएर स्वास्थ्यजन्य फोहोरसँग काम गर्नुपर्ने अवस्था रहेको बताउनुभयो ।
‘‘कोभिड महामारीको आपतकालिन अवस्थामा स्वास्थ्यजन्य फोहोरमैला व्यवस्थापन निर्देशिका २०७७’’ ले गरेको व्यवस्था :
फोहोरमैलाको उत्पादन घटाउनु पर्ने : यस अन्तर्गत व्यक्तिगत सुरक्षाको उपकरणको प्रयोग गर्दा जथाभावी प्रयोग नगर्ने, कम प्याकिङ्ग भएका सामाग्रीहरु प्रयोग गर्ने र राम्रो तरिकाले सफा गरी संक्रमणमुक्त पार्न सकिने सामग्री बढी प्रयोग गर्न भनिएको छ ।
फोहोरमैलाको वर्गीकरण ः यस अन्तर्गत प्रशासनिक क्षेत्र र प्रतिक्षालयका फोहोरलाई असंक्रमित फोहोर र कोभिड–१९ विरामीको स्याहार सुसारको क्रममा उत्पादन हुने सम्पूर्ण फोहोरलाई संक्रमित फोहोर अन्तर्गत वर्गीकरण गरिएको छ । सम्पुर्ण संक्रमित फोहोरलाई स्पष्टरुपमा लेबल गरी बायोहजार्ड ब्याग सहितका नफुटने, छिद्र नभएका भाँडाहरु (बिर्काे भएका विन, वाल्टि) मा सुरक्षित तरिकाले संकलन गर्नुपर्दछ ।
अस्पतालहरु भन्दा बाहेकका स्थानहरु जस्तै क्वारेन्टाइन केन्द्र, होल्डिब क्षेत्र, आगमन विन्दुमा प्रयोग गरिएका व्यक्तिगत सुरक्षा उपकरणहरुलाई छुट्टै साँघुरो घाटी भएको वायोहाजार्ड झोला (क्धबल लभअप द्यष्यजबशबचम दबन० मा संकलन गरी मुख बाँधेर संकलन मिति समेत लेखेर राख्नुपर्दछ । यस्तो फोहोरको थप उपचारको आवश्यकता नभए पनि झोलालाई ०.५ प्रतिशत क्लोरिनको झोलले पुछेर राख्दा संभावित संक्रमणको जोखिम कम हुन्छ ।
अन्य संक्रमित फोहोरहरु (जस्तैः रगत तथा शरिरका अन्य तरल पदार्थ मिश्रित फोहोरमैला, प्रयोगशाला नमुना, प्रयोग गरिएका केमिकलहरु, स्वाव, कपास, प्रयोग भएका उपचार सामग्री, मानव अंग, तन्तु, धारिलो वस्तु) लाई पुरै बन्द हुने गरी वायोहाजार्ड (द्यष्यजबशबचम० चिन्ह भएको भाँडामा जम्मा गर्नुपर्दछ र छुट्टै संक्रमण मुक्त गर्ने प्रक्रियामा लगि उत्पादन भएको २४ घण्टा भित्रमा उपचार गरिसक्नुपर्दछ । घरेलु विरामी स्याहारमा प्रयोग हुने ग्लोब्स, मास्क र अन्य फोहोरलाई बिर्को भएको फोहोर संकलन गर्ने भाडामा राखि संक्रमित फोहोरको रुपमा उचित विसर्जन गर्नुपर्दछ ।
सकेसम्म स्वास्थ्यजन्य फोहोरमैलालाई उत्पादन भएको क्षेत्रमै संक्रमनमुक्त बनाई सुरक्षित तरिकाले विसर्जन गर्ने र यदि सो फोहोर बाहिर लगिदैछ भने संवेदनशिल तवरले सोची बुझी, रेकर्ड राखी काम गर्नु पर्ने निर्देशिकामा उल्लेख छ । अन्तिम विर्सजन भन्दा पहिले स्वास्थ्यजन्य संक्रमित फोहोरलाई अटोक्लेभ, माइक्रोओभेन आदि नजलाउने प्रविधिहरुको प्रयोग गरि संक्रमण मुक्त बनाउने र स्थानिय साधनश्रोत, अवस्था र परिवेश हेरी रसायनिक पदार्थहरु प्रयोग गरेर पनि फोहोरमैलालाई संक्रमणमूक्त बनाउन सकिने निर्देशनमा उल्लेख छ । फोहोरमैलालाई जलाएर विर्सजन गर्ने कार्यलाई निर्देशिकामा निरुत्साहित गरिएको छ ।
सिमित साधन श्रोतहरु भएका स्वास्थ्य संस्थाहरुमा विभिन्न संक्रमित फोहोरमैला व्यवस्थापनको लागि सानो खाल्डो खनेर फोहोर त्यसमा पुर्न सकिने र यस अवस्थामा सुरक्षित रुपमा खाल्डो बनाउने विधि निर्देशनमा उल्लेख छ ।
यदि पर्याप्त र सुरक्षित ठाउँ उपलब्ध भएमा सामान्य फोहोर जस्तैः पानीको बोतल, कागज, कार्डबोर्ड, प्याकिङ्ग सामग्री इत्यादीलाई सुरक्षित रुपमा प्याकिङ्ग गरेर सुरक्षित क्षेत्रमा ७ दिनसम्म भण्डारण गरेर नगरपालिकाको फोहोरमैलामा विसर्जनको लागि पठाउन सकिन्छ । घरायसी रुपमा संकलन भएका फोहोर्लाई पनि नगरपालिकाको फोहोरमैलामा पठाउनुभन्दा पहिले कम्तिमा ७२ घण्टासम्म सुरक्षित रुपमा राख्नुपर्दछ । यो समयसम्म भण्डारण गर्नाले फोहोर व्यवस्थापन गर्ने कर्मचारीहरुलाई सम्भावित जोखिम धेरै मात्रामा घटाउन सकिन्छ ।
संक्रमणमुक्त गरिएका व्यक्तिगत सुरक्षा उपकरणहरुको गैरकानुनी रुपमा पुनः प्रयोग हुने सम्भावना भएमा विसर्जन पुर्व नै ती सामग्रीहरुलाई काटेर वा बिगारेर विसर्जन गर्नुपर्दछ । धारिलो सतह भएको फोहोरमैलालाई विसर्जनपुर्व संक्रमणमुत्त बनाई संस्थाकै परिसरभित्र सिमेन्ट प्लाष्टर गरिएका खाल्डोमा पुर्ने वा सिमेन्ट÷कंक्रिटमा मिसाइ कुनै ड्रममा नझर्ने गरी डल्लो बनाएर (भ्लअबउकगबितष्यल) गरी विसर्जन गर्नुपर्नेछ ।
कोभिड–१९ संक्रमणको जोखिमलाई मध्यनजर गर्दै घरायसी तथा स्वास्थ्य संस्थाहरुबाट निस्कने फोहोरको पुनःप्रयोगका गतिविधि नगर्न निर्देशिकामा उल्लेख छ । ल्यान्डफिल साइटमा नकुहिने फोहोर छुट्याउने, छान्ने वा संकलन गर्ने कार्यमा कडा निगरानीका साथ रोक लगाउनुपर्ने निर्देशिकामा भनिएको छ ।
फोहोरमैला व्यवस्थापनमा संलग्न कर्मचारीको सुरक्षाका निम्ति फोहोरमैला व्यवस्थापनमा संलग्न व्यक्तिहरुले फोहोरमैला व्यवस्थापन सम्बन्धी आवश्यक तालिम प्राप्त गरेको हुनुपर्ने र उक्त कार्य गर्दा मापदण्ड अनुसार उपयुक्त व्यत्तिगत सुरक्षा सामग्रीहरु (बुट, लामो बाहुला भएको गाउन, मोटो÷बलियो पन्जा,मास्क, चश्मा वा फेस सिल्ड) लगाउनुपर्ने र यस्तो सामग्री लगाउनुपुर्व र लगाइसकेपछि मापदण्ड अनुरुप हात धुनुपर्नेजनाएको छ । साथै सम्पुर्ण त्यस्ता व्यक्तिहरु त्भतबलगक, जभउबतष्तष्क को खोप लगाइ सकेको र २४सै घण्टा उयकतभहउयकगचभ उचयउजथबिहष्क को पहुँचमा हुनुपर्ने निर्देशिकामा उल्लेख छ ।
स्वास्थ्य संस्थाबाट उत्पादन हुने फोहोर पानी र ढलको व्यवस्थापनका निम्ति फोहोर पानीको उचित प्रविधि प्रयोग गरी राम्ररी व्यवस्थापन गर्नुपर्ने र विसर्जन प्रणलीमा भाइरस नष्ट गर्ने क्षमता नभएमा अन्तिम चरणमा क्लोरिनेसन जस्ता निःसंक्रमिकरण पद्धति अपनाउनु पर्ने बताइएको छ ।