स्वास्थ्यजन्य फोहोरको कसरी मूल्यांकन गर्ने ?


काठमाडौ : स्वास्थ्यजन्य फोहर संकलन, प्रशोधन, भण्डारण तथा ओसारपसार र अन्तिम विसर्जनका केही विधिहरू स्वास्थ्य केन्द्रहरूले तिर्नै नसक्ने हिसाबले महङ्गा हुन्छन् । तर एउटा क्षेत्रमा भएका सबै स्वास्थ्य केन्द्रहरूसँग भएका स्रोत साधानहरूसँग मिलेर साझेदारी गर्‍यो भने एक्लैले गर्नुभन्दा सबै मिलि राम्रो र सुरक्षित फोहर व्यवस्थापन पद्धतिको थालनी गर्न सकिन्छ ।

साथै यदि सबै मिलेर सरसामान किनबेच गर्ने पद्धतिमा एक अर्कासँग संयोजन गरी खरिद गरेमा आपूर्तिकर्तालाई कम फोहर उत्सर्जन गर्ने तथा कम हानिकारक वस्तुहरू मात्र सप्लाई गर्न प्रेरित गर्न सक्दछ । स्वास्थ्य केन्द्रमा फोहर उत्पादन हुने, यसलाई तह लगाने र अन्तिम विसर्जन गर्ने तरीका अनुगमन गरेमा सुरक्षित तरीकाले काम गर्न सक्दछ । फोहरको अध्ययनबाट यससम्बन्धी समस्याको पहिचान गर्न र यसको समाधान गर्न मद्दत पुग्दछ ।

सबै स्वास्थ्यकर्मीहरूसँग भेटघाट गरी समस्याको बारेमा छलफल गर्नुहोस्

स्वास्थ्य केन्द्रका सबै मानिसहरूले फोहरको अनुगमन अध्ययनमा सहयोग पुर्‍याउनु पर्दछ । चिकित्सक, नर्स, फोहर व्यवस्थापन समूह र सफा गर्ने समूहहरूमा फोहर कहाँबाट कस्तो किसिमको फोहर उत्सर्जन हुन्छ र यसबारे के के समस्याहरू छन् बारे जानकारी हुन्छ ।

स्टोरमा र औषधि सप्लाई गर्ने ठाउँमा के के छ, सूचिकृत गर्नुहोस्

स्वास्थ्य केन्द्रमा स्टोर र औषधि सप्लाई शाखाबाट अत्यधिक कुराहरू किन्ने भएको हुनाले यी ठाउँहरूमा भएको सामग्रीहरूको सूचि तयार पार्ने । यसै क्रममा यी शाखाहरूबाट कस्ता कस्ता र कति कति फोहर उत्सर्जन हुने कुरा रहेको पनि जानकारी लिनु पर्दछ ।

खेर फाल्नु पर्ने वस्तुहरूलाई खेर फाल्नु नपर्ने वस्तुहरूबाट विस्थापित गर्न सकिन्छ कि ? थोरै र सुरक्षित रसायनहरूको प्रयोग गर्न सक्दछ कि रु केन्द्रमा थोरै प्लाष्टिकको प्रयोग गर्न सकिन्छ कि रु मर्करीयुक्त सामग्रीहरूको प्रयोग घटाउन सकिन्छ कि रु वा अन्य कुनै उपायहरू अपनाएर घातक फोहरहरूको मात्रा घटाउन सकिन्छ कि भन्नेबारे मनन् गर्ने ?

स्वास्थ्य केन्द्रको नक्सा बनाउनुहोस्

नक्सामा सबै कोठा, झ्याल, ढोका के–केको लागि प्रयोग गरिन्छ भन्ने कुरा टिप्नुहोस् र देखाउनुहोस् विभिन्न रंगको प्रयोग गरी फोहर उत्सर्जन गरी संकलन ढुवानी र अन्तिम भण्डारण गर्ने ठाउँ र विसर्जन गर्ने ठाउँ नक्सामा देखाउनुहोस् । यो नक्सा काम गर्दै जाँदा परिवर्तन भइरहन्छ । फोहरको मूल्यांकन सकेर अर्को नक्सा तयार पारी फरक भएको कुरा देखाउनुहोस् । फोहर संकलन गर्ने भाँडो राखेको ठाउँ अवश्य नक्सामा देखाउनुहोस् ।

स्वास्थ्य केन्द्रमा भ्रमण तथा अवलोकन गरी समस्याको पहिचान एवं सूचिकृत गर्नुहोस्

फोहर उत्सर्जन हुने सबै ठाउँहरू भ्रमण गर्नुहोस् । फोहर फाल्ने भाँडो निरीक्षण गरी कस्ता किसिमको फोहर राखेको छ भन्ने हेर्नुहोस् । केही सातासम्म यस्ता निरीक्षण लगातर गर्नुहोस् र फरक फरक समयमा गर्नुहोस् । त्यसपछि विभिन्न अवस्थामा उत्सर्जन हुने फोहरको किसिम र मात्राको आंकलन तथा दिनभरी कसरी व्यवस्थापन भैरहेको छ भन्ने कुरा जानकारी हुन्छ । यस्ता अवलोकन भ्रमण विभिन्न कर्मचारीहरूसँग गर्नुहोस् । जस्तैः सफा गर्ने कुचिकारले समस्या फरक तरीकाले हेर्छ । चिक्सित्क, नर्सले फरक तरीकाले हेर्छ र सबैसँग केही न केही फरक महत्वपूर्ण समाधानका उपायहरू र विचारहरू हुन सक्दछ ।

फोहरलाई प्रशोधन तथा विसर्जन गर्ने विभिन्न तरीकाहरूबारे जानकारी लिनुहोस् ।

धेरै पटकको अवलोकन भ्रमण स्वास्थ्य केन्द्रमा गरिसकेपछि समूहगत रूप समस्या तथा समाधानका उपायहरूबारे छलफल गर्नुहोस् । समस्याको समाधान निकै खर्चिलो र प्राविधिक हिसाबले जटिल हुनुहुँदैन । धेरैजसो समस्या साधारण राम्रो व्यवस्थापनमा परिवर्तन गरेर, सहकार्य बढाएर र जवाफदेहिता बोध गरेर नै समाधान हुन्छ । सबैभन्दा खतरनाक फोहरलाई पहिले राम्रो व्यवस्थापन हुने गरी योजना बनाउनुपर्दछ । जस्तैः धारिलो फोहरको व्यवस्थापन, त्यसपछि रसायनहरू, रगत तथा अन्य शारीरिक तरल पदार्थहरू आदि । लक्ष्य चाहिं कुनै एउटा समस्यालाई सुधार्ने मात्र नभएर पुरै फोहर व्यवस्थापन प्रणालीमै सुधार ल्याउने बनाउनु पर्दछ ।

फोहर व्यवस्थापन तथा विसर्जन कसरी भैरहेको छ भन्ने कुरा पत्ता लगाउनुहोस्

स्वास्थ्य केन्द्रमा फोहर कहाँ उत्पादन हुन्छ, कहाँ भण्डारण गरिन्छ र केन्द्रबाट बाहिर कहाँबाट जान्छ भन्ने कुराको जानकारी लिनुहोस् । के फोहर निरन्तर संकलन गरिरहेको छ रु कसरी संकलन भैरहेको छ रु फोहरमा काम गर्ने व्यक्तिले ग्लोभ, मास्क, जुत्ता वा अन्य बचावटका उपायहरू लगाइरहेको छ कि छैन रु के फोहर सुरक्षित भाँडोमा संकलन तथा ओसारपसार गरिरहेको छ कि छैन रु फोहर संकलन गर्नेले प्रायः जे जति बाहिरी कवाडीवाला मानिसलाई बेच्न सक्ने जति बेचेर पठाउँछन् यो प्रक्रिया सुरक्षित वा हानिकारक फोहरलाई छुट्याउने र निसंक्रमण गर्ने तरीकामा भर पर्दछ ।

के फोहर संकलन गर्ने व्यक्तिले फोहरबाट पुनः प्रयोग हुने वा पुनः प्रशोधन गर्न सक्ने फोहर सुरक्षित तरीकाले छुट्याइरहेको छ कि छैन ? के फोहरको संकलन तथा बिक्रीबाट जीविकोपाजर्न गरिरहेकाहरूको लागि अझै सुरक्षित तरीकाले अपनाउन सकिन्छ ? फोहर विसर्जन गर्न डम्पिङ्ग साइट वा भष्मीकरण यन्त्रमा लगिरहको छ ? यदि सम्भव छ भने फोहर फालिने ठाउँको पनि अवलोकन गर्नुहोस् । के यो स्वास्थ्यजन्य फोहर छुट्टै फालिन्छ वा अन्य फोहरसँग मिसिन पुग्दछ ? के यसले नजिकैको समुदायमा कुनै स्वास्थ्यजन्य समस्या त निम्त्याएको छैन ? जस्तै फोहर फाल्ने ठाउँमा धारिलो वस्तुहरू फेला पर्नु आदि कुराहरूबारे जानकारी प्राप्त गर्नु आवश्यक पर्दछ ।

सुधारका कार्यक्रम लागू गर्नुहोस्

स्वास्थ्य केन्द्रमा हुने हरेक गतिविधिबाट अन्तमा समुदायका सबैलाई आकृष्ट गर्छ वा प्रभावित गर्दछ । स्वास्थ्य केन्द्रमा लिइएको फोहर व्यवस्थापनको सुरक्षित कदम वा सानो पहलबाट समुदाय र वातावरणमा पर्ने असरलाई न्यूनीकरण गर्न सक्दछ । स्वास्थ्य केन्द्रमा कुन सुधारका पहल अहिले तुरुन्तै लिन सकिन्छ भन्ने कुरा तुरुन्तै शुरु गर्नु पर्दछ । कसरी स्वास्थ्य केन्द्रहरूले फोहर ल्याण्डफिल साइटमा वा भष्मीकरण यन्त्रमा लगेपछि के के हुन्छ भन्ने कुराबारे अनुगमन तथा जानकारी राख्न सकिनु पर्छ ।

कर्मचारीहरूलाई निरन्तर शिक्षा तथा तालिम दिनुहोस्

स्वास्थ्यजन्य फोहर उत्सर्जन तथा व्यवस्थापनमा लागेका हरेकलाई निरन्तर शिक्षा तथा तालीम दिएर कुनै पनि सुरक्षित व्यवस्थापन योजनालाई साकार पार्न सकिन्छ । सबै सुरक्षाका उपायहरू अवलम्बन गरी हानिकारक फोहरबाट जोखिमहरू कम गरी सबैले यसबाट मुक्ति पाउन सकिन्छ । जब त्यहाँ कुनै किसिमको हानि नोक्सानी हुन बन्द हुन्छ । मानिसहरू लापरवाही हुन सजिलै पुग्दछन् । दोहर्‍याएर फोहर अनुगमन गरी व्यवस्थापनमा सुधार गर्ने लागेमा यसले सबै मानिसमा यसको महत्व बारे जानकारी एर्व सचेत हुने जिम्मेवारी बोध गराउँदछ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार