काठमाडौ : घरायसी फोहोरलाई फोहोरवस्तु, काम नलाग्ने सामान र अरु धेरै नाम दिइन्छ । यस्ता फोहरले स्वास्थ्य समस्या ल्याउनै पर्छ भन्ने छैन । यो त आम्दानीको स्रोत वा अरु सामान बनाउने स्रोत पनि हुन सक्छ । तर जब फोहरलाई राम्रोसँग संकलन गरिएन, छुट्याइएन, पुनः प्रयोग गरिएन अथवा राम्रोसँग विसर्जन गरिएन भने यसले नराम्रो गन्धको साथै स्वास्थ्य समस्या ल्याउन सक्छ ।
हामी मध्ये धेरैले हाम्रो घरको फोहर कसैले न कसैले त केही गरी ध्यान राख्छन् भनेर फालिदिन्छौं । विशेषगरी गरिब मानिसहरू, बाँकीको समुदायले बनाएको फोहरमा बस्न बाध्य हुन्छन् । फोहरलाई काम लाग्ने सामान बनाउन छुट्याउने, संकलन गर्ने, सफा गर्ने र पुनः प्रयोग गर्ने काम पनि यस्तै गरिबहरूले नै गर्छन् । सबैजना यस्तो काम स्वास्थ्य र वातावरणलाई जोगाउन महत्वपूर्ण छ भनेर सहमति जनाउँछन् तर यो काम गर्ने मानिसलाई विरलै राम्रो पैसा दिइन्छ वा सम्मानले हेरिन्छ ।
फोहरलाई व्यवस्थापन गरेर मात्र मानिस र वातावरणमा हुने हानि कम हुँदैन, हामीले उत्पादन गर्ने फोहरको मात्रामा नै कमी गर्नुपर्छ र जतिसक्दो त्यसलाई काम लाग्ने सामान वा स्रोतमा परिणत गर्नुपर्छ । सबैजना र विशेष गरी कारखाना र सरकारले उनीहरूले उत्पादन गर्ने फोहरको जिम्मेवारी लिनुपर्छ र फोहरको उत्सर्जन घटाउनुलाई प्रथम प्राथमिकता दिनुपर्दछ ।
कसरी इसे ले राम्रो स्वास्थ्य र सम्मान प्राप्त गरे ?
हरेक दिन इसेङ्ग फोहर संकलन गर्न इण्डोनेसियाको बाण्डुङ्ग शहरमा जाने गर्थे । किनकि उनको घर राम्रो फोहर पाउने ठाउँभन्दा टाढा थियो । त्यसैले उनी धेरै जस्तो समय फोहरको भारी बोकेर ओहरदोहर गर्नमा व्यत्तित गर्थे । हरेक रात इसेङ्ग अर्को बिहान व्यापारीलाई बेच्न फोहर छुट्याउँथे । कुनै व्यापारी सिसा किन्थे, कोही फलाम किन्थे त कोही कागज किन्थे । तर उनको घरमा थुप्रिएको फोहर भने कुनै व्यापारीले किन्दैनथे । उनेको घर भयानक फोहर राख्ने ठाउँ भएको थियो र त्यसबाट छुट्कारा पाउने उनको लागि कुनै ठाउँ थिएन । कहिलेकाहीँ फोहरले गर्दा उनी महिनौसम्म संक्रमित भई विरामी हुन्थे । लामखुट्टे उनको घरमा टायरको फोहरमा अण्डा पार्ने हुनाले उनलाई बारम्बार ज्वरो आउने र मलेरिया हुने भयो ।
यस्तो मेहनेतपछि पनि पसल र बाटोमा फोहर जम्मा गरी छुट्याउने गर्दा उनलाई प्रहरीले पनि प्रायः दुःख दिने गर्थे । इसेङ्ग र अरु फोहर संकलकहरूले एउटा संस्था खोल्ने निधो गरे जसले उनीहरूले संकलन गरेको फोहर बेच्न, जानकारी र सामानहरू एक आपसमा बाँडेर अरु फाइदाहरू प्रदान गर्छ । उनीहरू वातावरण र कामदारहरूको हकमा काम गर्ने स्थानीय संस्थामा गए, र सबै मिलेर उनीहरूले स्रोत पुनःप्रशोधन कार्यक्रम चलाउने विचारमा पुगे । वातावरणमा काम गर्ने संस्थाका मानिसहरूले, सरकारलाई स्रोत पुनःप्रशोधन कार्यक्रममा सहयोग गर्न, नियम बनाउन र व्यापारीहरूले फोहर संकलकहरूलाई राम्रो व्यवहार गर्नुपर्ने कुरा माग गरे ।
शहरको सरकारले सहमति जनायो र इसेङ्ग र अरुहरूले पनि फोहर संकलन गर्न सक्ने ठाउँमा केन्द्र स्थापना भयो । फोहर संकलन गरेर छुट्याउनका लागि केन्द्रमा ल्याउन वा सीधै कवाडी व्यापारीकोमा पु¥याउन सजिलो पार्न हरेक फोहर संकलकलाई एउटा गाडा प्रदान गरियो । स्रोत पुनःप्रशोधन केन्द्रले कामदारहरूलाई धारिलो सामान अथवा प्रदूषित फोहरबाट जोगाउन पञ्जा र जुत्ता प्रदान ग¥यो ।
जब वातावरणमा काम गर्ने संस्थाका मानिसहरूले इसेङ्गलाई मलेरिया भएको थाहा पाए, उनलाई स्वास्थ्य संस्थाबाट औषधि उपचार गर्न मद्दत गरे । इसेङ्ग अझै पनि फोहर संकलन गर्न मेहनत गर्छन् तर अब उनको स्वास्थ्य राम्रो भएको छ र उनको घर पनि फोहर फाल्ने ठाउँ जस्तो देखिंदैन । उनलाई र अरु फोहर संकलकलाई प्रहरी र व्यापारीहरूले समुदाय सफा राखेकोमा पाउने पर्ने सम्मान दिन्छन् र शहर स्रोत पुनःप्रशोधन केन्द्र र सफा शहरप्रति गौरव गर्छन् ।
फोहोर किन बढ्दो छ ?
फोहर सबै ठाउँका लागि समस्या भएको छ किनभने हामी धेरै फोहर उत्पादन गर्छौं । हामीले हाम्रो वरिपरि हे¥र्यौं भने प्लाष्टिक, सिसा र फलामले बनेको फोहरहरू देख्न सक्छौं जुन कहीँ जाँदैनन् । कुनै बेला खाना वा अरु सामानलाई प्राकृतिक वा पुनः प्रयोग गरिएको वस्तु जस्तैः केराको पात र पत्रिकामा बेरिने गरिन्थ्यो । भाडा र अरु महत्वपूर्ण सामानहरू माटो, काठ र पृथ्वीबाट सीधै उपलब्ध वस्तुबाट बनाइन्थ्यो ।
जब यी वस्तुहरू फ्याँकिन्थ्यो, यी फोहरमा परिणत हुँदैनथे किनभने यी वस्तु चाँडै कुहिएर र पृथ्वीमै विलिन हुन्छन् । तर अहिले, कारखानाहरूले प्लाष्टिक, फलाम र रसायन प्रयोग गर्ने भएकोले, यी सामानहरू प्रयोगपश्चात् फोहर हुने गर्छन् । बोतल, बाल्टिन र व्यागदेखि कार र कम्प्युटरसमेत बलियो र हलुका वस्तुबाट बनाइन्छ, तर यो कुहिन धरै समय लाग्छ । सामानहरूलाई क्यान , बोतल र प्लाष्टिको झोलामा राख्नाले उनीहरूलाई बेच्न र ढुवानी गर्न सजिलो हुन्छ तर यसले अझै धेरै फोहर उत्पादन गर्छ ।