महालक्ष्मीले जारी गरेको मानव मलमूत्रीय फोहोर व्यवस्थापन विनियममा के छ ?

 1667 पटक हेरिएको


काठमाडौ : ललितपुरको महालक्ष्मी नगरपालिकाले गएको बर्ष नै मानव मलमूत्रीय फोहोर व्यवस्थापन विनियम जारी गर्‍यो । २०७६ साल फागुन२८ गतेको नगर सभाको बैठकबाट स्वीकृत गरिएको विनियम अहिले नगरपालिका भित्र पूर्ण रुपमा कार्यान्वयनमा आएको छ ।

“स्वच्छ, सफा, समृद्द, सुन्दर – महालक्ष्मी नगर” को लक्ष्य प्राप्तिका लागि स्थलगत मानव मलमूत्रीय फोहोरको सुरक्षित व्यवस्थापन गरी जनस्वास्थ्य तथा वातावरणमा पर्न सक्ने जोखिमको न्यूनीकरण गर्न विनियम जारी गरिएको नगरपालिकाले जनाएको छ । हाल विनियमले गरेको व्यवस्थापन अनुरुप नै सरसफाइ सेवाहरु सञ्चालन तथा नियमन भईरहेको छ । विनियमको कार्यक्षेत्र ढल रहित स्थलगत सरसफाइमा सीमित रहेको र यसले उचित मापदण्ड अनरुुप मानव मलमूत्रीय फोहोरको सुरक्षित संकलन, ढुवानी, प्रशोधन तथा पुनः प्रयोग वा सुरक्षित विसर्जन एवं मानव मलमूत्रीय फोहोर व्यवस्थापनका उपयुक्त अभ्यासहरुको प्रबर्द्वन गरिने उल्लेख छ ।

विनियमले गरेको व्यवस्थाहरु :

♦  विनियमको कार्यक्षेत्र मुख्यतयाः ढल रहित स्थलगत सरसफाइमा मात्र सीमित हुने ।

♦ उचित मापदण्ड अनरुुप मानव मलमूत्रीय फोहोरको सुरक्षित संकलन, ढुवानी, प्रशोधन तथा पुनः प्रयोग वा सुरक्षित विसर्जन गर्नुपर्ने ।

♦ NEPAL NATIONAL BUILDING CODE (NBC 208 : 2003, Sanitary and Plumbing Design Requirements) अनुसार ढल रहित क्षेत्र अन्तर्गत रहेका कुनै पनि संरचनाबाट निस्किने फोहोर पानीलाई सेप्टिक ट्याङ्क, स्टेबलाइज्ड पण्ड वा सम्बन्धित अधिकारिक संस्थाबाट स्वीकृत प्रविधि मार्फत प्रशोधन गरिएको हुनुपर्ने ।

♦ स्थानीय सरकार सञ्चालन ऐन २०७४ को परिछेद ७ को दफा २९ अनुसार नक्सामा खुलाउनुपर्ने नयाँ भवन निर्माण गर्न नक्सामा अन्य कुराहरुको अतिरिक्त सो भवनको छुट्टै चर्पी र सकपिट तथा त्यस्तो भवन अर्को भवनसँग जोडी बनाउने भएमा सो भवनको छुट्टै किलास रहने गरी नक्सामा खुलाउनुपर्ने ।

♦ ढल रहित क्षेत्र अन्तर्गत बन्ने कुनै पनि नयाँ संरचनाहरुमा सेप्टिक ट्याङ्क वा सो सरह वा सो भन्दा उच्चस्तरीय प्रशोधन प्रविधि जडान गर्नुपर्नेछ । अन्यथा कुनै पनि भवन वा संरचनाले सेप्टिक ट्याङ्क विना भवन निर्माणको लागि अनुमति नपाईने ।

♦ विद्यमान स्थलगत सरसफाइ प्रणालीले वातावरण र जनस्वास्थ्यमा उच्च जोखिम पारेको अवस्थामा, सम्पति बिक्री गर्ने भएमा, ५० प्रतिशत वा सो भन्दा बढी मात्रामा भवनको पुनः निर्माण वा तला थप गर्नु पर्ने भएमा वा नगरपालिकाले आवश्यक ठानेमा आफ्नो परिसरभित्र तोकिए बमोजिमको स्तरीय सेप्टिक ट्याङ्क निर्माण गर्नुपर्ने ।

♦ सेप्टिक ट्याङ्कीको डिजाइन नगरपालिकाको भवन निर्माण निर्देशिकामा उल्लेख भए बमोजिमको हुनुपर्ने ।

यसबारे विस्तृत जानकारीका लागि तलको लिङ्कमा क्लिक गर्नुहोला ।

मानव-मलमूत्रीय-फोहोर-व्यवस्थापन-विनियम-२०७६

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार