कोरोनाले ३ जना इञ्जिनियरको अल्पायूमै ज्यान लियो, एनईए वाग्मतीद्वारा दुःख व्यक्त

काठमाडौ : कोरोना भाइरसले एक हप्ताको अवधिमा तीन जना इञ्जिनियरको अल्पायूमै ज्यान लिएको छ । २०७८ वैशाख १७ गते नेपाल इन्जिनियर्स एशोसिएसनका सदस्य इन्जिनियर सञ्जीव पन्तको ज्यान गएको ४ दिनपछि अर्का इन्जिनियर रश्मी दाहालको पनि कोरोनाकै कारण ज्यान गएको हो । रश्मी दाहाल नेपाल सोसाईटी फर अर्थक्वेक टेक्नोलोजी (NSET) मा आर्किटेक्ट हुनुहुन्थ्यो ।

कोरोनाले अर्का ईन्जिनियर आकाश रावतको भने वैशाख २४ गते ज्यान गएको हो । उहाँ रेडियो नेपाल प्रदेश प्रसारण केन्द्र दिपायलमा कार्यरत हुनुहुन्थ्यो ।

कोरोनाबाट दिवंगत सबै इन्जिनियरहरु प्रति नेपाल इन्जिनियर्स एशोसिएसन (NEA) वाग्मतीले दुःख व्यक्त गरेको छ । एनईए वाग्मतीका सभापति ईन्जिनियर नन्दलाल बन्जाडे र सचिव ई. प्रदिप अधिकारीले संयुक्त रुपमा इन्जिनियरहरुको निधन प्रति दुःख व्यक्त गर्दै हार्दिक श्रद्धान्जली तथा शोक सन्तप्त परिवारमा हार्दिक समबेदना व्यक्त गर्नुभएको हो ।

तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार