बारीमै कुहिन थाले गोलभेँडा

बाँके : कोभिड-१९ संक्रमण रोकथाम तथा नियन्त्रणका लागि बाँकेमा निषेधाज्ञा जारी भएपछि किसानले लगाएको गोलभेँडा बारीमै कुहिएको छ । सवारीसाधन संञ्चालन नभएपछि गोलभेँडा लिन पुग्ने व्यवसायी र खुद्रा ग्राहक पनि नआउँदा किसानको गोलभेंडा बारीमै कुहिन थालेका हुन् । सरकारले कृषिजन्य उत्पादन ढुवानीका सवारी साधनलाई निर्वाध चल्न दिने बताए पनि व्यवहारमा त्यसो हुन नसकेको किसानहरु बताउँछन् ।

सवारी साधन निर्वाध रुपमा चल्न नदिदा किसानले लगाएको गोलभेडा बारीमै कुहिएको र उत्पादित तरकारी बजारसम्म लैजान नपाउँदा आफूहरु दोहोरो मारमा परेको बाँकेको बैजानाथ गाँउपालिका फत्तेपुरका किसान बिनोद भुषालले बताउनुभयो । तरकारी बेच्न नपाउँदा दैनिक गुजाराका लागि हुने आम्दानी पनि रोकिएको छ भने बैकबाट लिएको ऋणको व्याज पनि तिर्न नसक्ने अवस्थामा पुगेको उहाँको भनाइ छ ।

‘उत्पादन गरेको गोलभेँडा बिक्री नहुँदा ११ लाख रुपैया बराबरको घाटा लागेको भुषालले बताउनुभयो गोलभेँडा बिक्री गर्ने समयमै जिल्लामा निषेधाज्ञा जारी भयो । कृषि विकास बैँकबाट ५ लाख रुपैया ऋण लिएर १० कट्ठा जमिनमा तरकारी खेती शुरु गरेको थिएँ । कोरोनाले सखाप बनाईदियो’ उहाँले भन्नुभयो ।

व्यवसायिक तरकारी खेतीका लागि फर्म दर्ता गराएका अधिकांश किसानले सरकारबाट सहयोग नपाएको अर्का किसान चन्द्रा चौधरीले बताउनुभयो । उहाँले बल्लतल्ल ऋण गरेर लगानी गरेर उत्पादन भएको तरकारीको सरकारले बजार प्रबन्ध गरिदिनुपर्ने बताउनुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार