
काठमाडौं : फोहोरमैला व्यवस्थापनमा खटिने सफाइकर्मी प्रति आम मानिसको धारणा त्यत्ति सकारात्मक छैन । सफाइ क्षेत्र पनि एउटा व्यवसायिक क्षेत्र हो र यस क्षेत्रमा कार्यरत कर्मचारी, मजदुरको पनि अन्य पेशा व्यवसायको जस्तै सम्मानित जीवन हुनुपर्छ भनेर त्यत्ति धेरैले सोचेका हुँदैनन् ।
सफाइको पैसा संकलन गर्दा गेट नै छुन नदिने देखि पैसा दिंदा पनि हातमा नदिएर फ्यात्त भुँईमा फ्याँकिदिएका जस्ता कयौं अमानवीय व्यवहारको सामना गरिसक्नुभएको छ, उहाँले ।
फोहोरमैला व्यवस्थापनमा खटिने कर्मचारी भनेको फोहोर नै खान्छन्, फोहोरमै सुत्छन्, फोहोर नै बोक्छन् अझ भनौं सफाइकर्मीहरु भनेकै फोहोर नै हुन् भने जस्तो व्यवहार झेल्नु परेको सफाइकर्मीहरु बताउँछन् ।
केसरी श्रेष्ठ, नेप्सेम्याक सेवा प्रा.लि.मा लेखा सहायकको रुपमा कार्यरत हुनुहुन्छ । परिचर देखि काम सुरु गर्नुभएकी श्रेष्ठले नेप्सेम्याक सेवा प्रा.लि.मै १५/१६ बर्ष विताईसक्नुभएको छ । यो लामो दौरानमा उहाँका कयौं तीतामीठा क्षणहरु छन् । सफाइको पैसा संकलन गर्दा गेट नै छुन नदिने देखि पैसा दिंदा पनि हातमा नदिएर फ्यात्त भुँईमा फ्याँकिदिएका जस्ता कयौं अमानवीय व्यवहारको सामना गरिसक्नुभएको छ, उहाँले ।
मानिस भएर मानिसको व्यवहार गर्न नसक्नेहरु प्रति उहाँको कुनै गुनासो छैन । श्रेष्ठ भन्नुहुन्छ ‘जो सँग जत्ति ज्ञान छ, उसले त्यत्ति नै देखाउने हो नि, मलाई त लाग्छ उनीहरु चाहिं फोहोरी हुन्, हामी त सफाईवाला हौं, अरुले गरेको फोहोरलाई सफा गर्ने हौं, सफाइकर्मीहरुको अभावमा शहरको अवस्था कस्तो हुन्छ होला ?’
सफाइ कर्मचारी प्रति अन्य मानिसले गर्ने व्यवहार फरक किसिमको भएपनि उहाँहरुको जीवनशैली भने अन्य मानिसको भन्दा फरक छैन । सफाई कर्मचारीका अधिकांश बालबालिका निजी विद्यालयमै अध्ययन गर्छन् । श्रेष्ठ भन्नुहुन्छ ‘मेरा दुई जना बालबच्चा छन्, दुवैलाई निजी विद्यालयमै पढाईरहेकी छु ।’ उहाँले दुईजना बालबच्चाका लागि मासिक शैक्षिक शुल्क मात्र १४/१५ हजार तिर्नुहुन्छ । भर्ना शुल्क, परिक्षा शुल्क जस्ता अतिरिक्त शुल्क पनि जोड्ने हो भने बर्षमै दुई लाख हाराहारी बालबालिकाको पढाईमा मात्र खर्च गर्नुहुन्छ ।
विस्तृतमा हेर्नुहोस् उहाँको संघर्षको नालीबेली : परिचरदेखि लेखा सहायसम्मको यात्रा


1307 पटक हेरिएको 

