४ बुँदे सहमति पछि आजदेखि उपत्यकाको फोहोर उठाउन सहज हुने

  वास खवर सम्वाददाता  862 पटक हेरिएको

काठमाडौ :  काठमाडौंको उपत्यकाको फोहोर उठाउन आजदेखि सहज हुने भएको छ । बञ्चरेडाँडा ल्याण्डफिल साइटमा फोहोर फाल्न भइरहेको अवरोध अन्त्यका लागि बुधबार साँझ चार बुँदे सहमति भए पछि आजदेखि फोहोर उठाउन सहज हुने अपेक्षा गरिएको छ ।

काठमाडौं, धादिङ र नुवाकोटका प्रमुख जिल्ला अधिकारी, धादिङको धुनिवेशी नगरपालिका, नुवाकोटको ककनी गाउँपालिकाका जनप्रतिनिधि र काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बीच भएको छलफलपछि बञ्चरेडाँडामा फोहोर विसर्जन गर्न ४ बुँदे सहमति भएको हो ।

सहमतिमा फोहोर बोक्ने गाडीले बाटोमा लिचेड चुहाउन नपाउने, बञ्चरेडाँडामा फोहोर थुपारेको ठाउँमा गन्ध नआउने औषधि दैनिक छर्किनुपर्ने, जथाभावी फोहोर खसाल्न नपाइने र गत २६ जेठमा भएको सहमति कार्यान्वयन गर्दै जाने उल्लेख छ । काठमाडौंका प्रमुख जिल्ला अधिकारी गोविन्द रिजालले फोहोरको अवरोध अन्त्य भएको र आज बिहीबारदेखि फोहोर व्यवस्थापन सहज हुने आशा गरेको बताउनुभयो ।

हेर्नुहोस्, सहमतिका बुँदाहरु :

यसअघि फोहोर फाल्न नदिने भनी विज्ञप्ति जारी गर्ने धादिङको धुनिवेशी नगरपालिकाका सत्तारुढ दलका ३ नेतामाथि जिल्ला प्रशासन कार्यालयमा उजुरी परेको थियो । तर सो विज्ञप्तिलाई पनि आन्दोलनकै हिस्सा मानेर कारबाही अघि नबढाउने सहमति भएको धादिङको धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले बताउनुभयो ।

छलफलमा धुनिवेशी नगरपालिकाका मेयर बालकृष्ण आचार्य, नुवाकोटका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद रिसाल र धादिङका प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद लम्साल, ककनी गाउँपालिकाका अध्यक्ष सुमन तामाङ, काठमाडौं महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, धुनवेशी नगरपालिका र ककनी गाउँपालिकाका सम्बन्धित वडाका वडाध्यक्ष र स्थानीय नेता सहभागी थिए ।

वैशाख यता चार महिनाको अवधिमा ७० दिन फोहोर व्यवस्थापनको काम अवरुद्ध भएको काठमाडौ महानगरपालिकाले जनाएको छ । वातावरण विभाग प्रमुख राईका अनुसार वैशाखमा १० देखि २५ गतेसम्म, जेठमा १० देखि २६ गतेसम्म, असारमा ४ देखि १५ गतेसम्म र साउन महिनामा १७ गतेदेखि १४ दिनसम्म फोहोर व्यवस्थापनको काम पूर्ण रूपमा अवरोध भएको हो । त्यस बाहेक असारमा लगातार वर्षाको कारण दुई साता जति फोहोर विसर्जन हुन नसकेको विभागको भनाइ छ ।

वातावरण विभाग प्रमुख राईका अनुसार वैशाखमा १० देखि २५ गतेसम्म, जेठमा १० देखि २६ गतेसम्म, असारमा ४ देखि १५ गतेसम्म र साउन महिनामा १७ गतेदेखि १४ दिनसम्म फोहोर व्यवस्थापनको काम पूर्ण रूपमा अवरोध भएको हो । त्यस बाहेक असारमा लगातार वर्षाको कारण दुई साता जति फोहोर विसर्जन हुन नसकेको विभागको भनाइ छ । लामो समयदेखि थुप्रिएको फोहोर भएकाले उठाउन सुरु गरिए पनि सामान्य अवस्थामा आउन महिना दिन लाग्न सक्ने आंकलन छ । विभिन्न समयमा भएका सम्झौताको समेत उचित परिपालना नभएकाले यसपटकको सहमति समेत पूर्ण कार्यान्वयन हुनेमा स्थानीयहरु आशंका व्यक्त गर्छन् ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार