मेलम्चीको पानी कुन रिजर्भ्वायरले कति पाउने अझै एकीन हुन बाँकी

नयाँ तालिका आउन अझै हप्ता दिन कुर्नुपर्ने

  वास खबर सम्वाददाता  626 पटक हेरिएको


काठमाडौ : मेलम्चीको पानी कुन रिजर्भ्वायरले कति पाउने एकीन हुन नसक्दा वितरण तालिका प्रकाशनमा ढिलाई भईरहेको छ । मेलम्चीको पानी भण्डारणका लागि निर्माण भएका नयाँ पानी पोखरी (रिजर्भ्वायर) हरुमा पानी भण्डारण कार्य भैरहेको र शाखागत रुपमा वितरणका लागि उपलब्ध हुने पानीको परिमाण यकिन हुन बाँकी रहेको काठमाडौ उपत्यका खानेपानी लिमिटेडले जनाएको छ ।

नयाँ वितरण तालिका प्रकाशन गर्न करिब एक हप्ता लाग्ने भएकाले त्यत्तिञ्जेलसम्म पुरानै तालिका अनुसार वितरण हुने केयूकेएल बानेश्वर शाखाले जनाएको छ ।
केयूकेएल त्रिपुरेश्वर शाखाले भने बुधबार नै नयाँ तालिका सार्वजनिक गर्दै घट्टेकुलो, अनामनगर, बिजुलीबजार र माईतीघर क्षेत्रमा दैनिक पानी वितरण गरिरहेको छ । यस्तै न्यूरोड, त्रिपुरेश्वर, दलाक्षी, लगन, नायपाचो क्षेत्रमा भने २ दिन विराएर पानी वितरण गरिरहेको छ ।

गत शुक्रबार नै मेलम्चीको पानी पुनः वितरणको शुभारम्भ गर्दै खानेपानीमन्त्री उमाकान्त चौधरीले हप्ता दिनभित्र उपत्यकाबासीको घरघरको धारामा पानी पुगिसक्ने बताउनुभएको थियो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार