बल्खु खोलामा सप्लाई पाईप बनाएपछि किर्तिपुर रिजर्भ्वायर ट्याङ्कबाट मेलम्ची पानी वितरण

  वास खबर सम्वाददाता  452 पटक हेरिएको


काठमाडौ : मेलम्चीको पानी काठमाडौ उपत्यकामा वितरण गर्न सुरु गरेको झण्डै डेढ महिनापछि किर्तिपुरको रिजर्भ्वायर ट्याङ्क र सुन्दरीघाट पानी प्रशोधन केन्द्रबाट वितरण गर्न सुरु गरेको छ । आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) ले बल्खु स्थित खोलामा पाइपको पूल बनाएर पानी प्रवाह गर्न थालेपछि खानेपानी वितरण गर्न सम्भव भएको हो ।

काठमाडौ उपत्यका खानेपानी लिमिटेड त्रिपुरेश्वर शाखा कार्यालयले खानेपानी वितरण तालिका सार्वजनिक गरिसकेको छ । शाखा कार्यालयले किर्तिपुरको रिजर्भ्वायर ट्याङ्क र सुन्दरीघाट पानी प्रशोधन केन्द्रबाट कुन दिन कहाँ कहाँ वितरण गर्ने भनेर वितरण हुने बार र स्थान नै तोकेको छ ।

हेर्नुहोस् वितरण तालिका :

काठमाडौ उपत्यकामा गत मंसिर २३ गतेदेखि नै मेलम्चीको पानी वितरण भईरहेको छ ।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार