स्वास्थ्य चौकीको फोहोर व्यवस्थापनमा नवीनता, सिरिन्ज र भायलको छुट्टै युनिट निर्माण

फोहोरको सही व्यवस्थापनले स्वास्थ्य जोखिमको खतरा समेत हट्यो

  वास खबर सम्वाददाता  1071 पटक हेरिएको

जनकपुरधाम : ग्रामीण भेगको स्वास्थ्य चौकीको फोहोर व्यवस्थापन गर्ने काम त्यत्ति सजिलो छैन । शहरी इलाकामा जस्तो फोहोर व्यवस्थापनमा दोस्रो संस्थाको सहयोग प्राप्त नहुने भएकाले गाउँको स्वास्थ्य चौकीको फोहोर व्यवस्थापन स्वयं स्वास्थ्य चौकीले नै गर्नुपर्ने दायित्व हुन्छ ।

ग्रामीण भेगको स्वास्थ्य चौकीको फोहोर कसरी व्यवस्थापन गर्नुपर्छ भन्ने उदाहरण धनुषाको हंसपुर नगरपालिकाको वडा नं. ३ स्थित कठपुल्ला स्वास्थ्य चौकीले देखाएको छ । कठपुल्लाले स्वास्थ्य चौकी भित्र उत्पादन हुने फोहोर स्रोतमै बर्गीकरण गरी व्यवस्थापन गर्न थालेको हो। यसका लागि कुहिने, नकुहिने र संक्रामक फोहोरका लागि कलर कोडेट डस्टबिनहरु राखिएका छन् ।


बिरामीको ड्रेसिङ रुममै धारा र बेसिन बनाईएको छ । यो बेसिन राखेपछि स्वास्थ्यकर्मीलाई तत्काल उपकरणहरु पखाल्न र हात धुन सजिलो भएको छ । यो धारा स्वास्थ्यकर्मीको स्वास्थ्य सुरक्षालाई समेत ध्यानमा राखेर बनाएको स्वास्थ्य चौकीकी सिनियर अनमी ममता कुमारी साफीले बताउनुभयो ।

स्वास्थ्य चौकीको आफ्नै फोहोर व्यवस्थापन युनिट छ । युनिटभित्र कागजजन्य फोहोर र प्लाष्टिकजन्य फोहोर राख्ने छुट्टा छुट्टै ठाउँ बनाईएको छ । यी फोहोरहरु विक्री गर्न थालेको छ । यस्तै सिसीहरु र सिरिन्जहरु राख्ने ठाउँ पनि फरक फरक बनाइएको छ । स्वास्थ्य चौकीको फोहोरहरु उचित तरिकाले व्यवस्थापन गर्न थालेपछि स्वास्थ्य जोखिमको खतरा समेत न्यूनीकरण भएको सिनियर अनमी ममता कुमारी साफीले बताउनुभयो ।

युनिसेफ नेपालको आर्थिक सहयोगमा उदार करुणामयी स्वयंसेवक (एनसीभी) द्वारा सञ्चालित स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता (वास फिट) कार्यक्रमले फोहोर व्यवस्थापन लगायत स्वास्थ्य चौकीको सेवामा समेत सुधार ल्याएको हंसपुर नगरपालिका वडा नंं ३ का अध्यक्ष उदयकुमार सिंहले बताउनुभयो ।

विस्तृतमा हेर्नुहोस् यो भिडियो :

हंसपुर नगरपालिकाको पाँच वटा स्वास्थ्य संस्थामा उदार करुणामयी स्वयंसेवक (एनसीभी) ले गरिरहेको कामको अनुगमन गरेपछि नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवोध कुमार ठाकुर समेत प्रभावित हुनु भएको छ । उहाँले गुणस्तरीयता, पारदर्शिता र जवाफदेहिता एनसीभीको प्रशंसानीय कार्य भएको बताउनुभयो ।

एनसीभीले मधेस प्रदेशको हंसपुर नगरपालिकामा ५ वटा स्वास्थ्य संस्था र जनकपुर उपमहानगरपालिकामा ५ वटा गरी १ं० वटा स्वास्थ्य संस्थामा वास फिट कार्यक्रम सञ्चालन गरिरहेको छ ।

 

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार