नयाँ आ.ब.मा संघ र प्रदेशबाट सञ्चालन हुने खानेपानी आयोजनाहरु, हेर्नुहोस् रातो किताब

  वास खबर सम्वाददाता  1765 पटक हेरिएको

काठमाडौ : चालु आर्थिक बर्ष सकिन अब केही दिन मात्र बाँकी छ । साउन १ गतेदेखि आर्थिक बर्ष २०८०/०८१ सुरुवात हुनेछ । नयाँ आर्थिक बर्षको सुरुवात सँगै नयाँ बजेट कार्यान्वयन हुनेछ । सरकारले आर्थिक बर्ष २०८०/०८१ मा खानेपानी र सरसफाइलाई २८ अर्ब १६ करोड बजेट विनियोजन गरेको छ ।

विनियोजित बजेट खानेपानी मन्त्रालय, खानेपानी विभाग, मन्त्रालय अन्तर्गतका विभिन्न आयोजना तथा कार्यक्रमहरु र सातै वटा प्रदेशबाट कार्यान्वयन हुनेछ ।

संघ मार्फत सञ्चालन हुने कार्यक्रम तथा आयोजनाहरु

सरकारले खानेपानी मन्त्रालय अन्तर्गतका विभिन्न आयोजना तथा कार्यक्रमहरु मार्फत संघका खानेपानी तथा सरसफाइ आयोजनाहरु कार्यान्वयन गरिरहेको छ । आर्थिक बर्ष २०८०/०८१ मा निम्न कार्यक्रमहरु मार्फत निम्न संख्यामा खानेपानी तथा सरसफाइ आयोजनाहरु कार्यान्वयन गरिने खानेपानी मन्त्रालयको रातो कितावमा उल्लेख गरिएको छ ।

१. खानेपानी तथा गुणस्तर सुधार कार्यक्रम अन्तर्गत विभिन्न जिल्लामा गरी १२१ वटा खानेपानी तथा सरसफाइ आयोजनाहरु ।

२. जलवायु अनुकुलित वृहत खानेपानी आयोजना १३४ वटा खानेपानी आयोजनाहरु

३. खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम ६६ वटा खानेपानी आयोजनाहरु

४. केन्द्रीय खानेपानी आयोजना १५१ वटा खानेपानी आयोजनाहरु

५. ढल निर्माण तथा प्रशोधन कार्यक्रम १११ वटा वटा

६. शहरी खानेपानी तथा सरसफाइ क्षेत्रगत आयोजना अन्तर्गत २६ वटा खानेपानी आयोजना

७. खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम ८०५ वटा खानेपानी आयोजना

कोशी प्रदेशमा सञ्चालन हुने आयोजनाहरु

सरकारले संघीय सशर्त अन्तर्गत सात वटै प्रदेशबाट सञ्चालन हुने खानेपानी तथा सरसफाइ आयोजनाहरु पनि रातो किताबमा समावेश गरेको छ । जस अन्तर्गत कोशी प्रदेशमा सञ्चालन हुने आयोजनाहरुहरु निम्न छन् ।

१ खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम ११२ वटा

२. तराई मधेस खानेपानी सुधार कार्यक्रम ८२ वटा

३. जलवायु अनुकुलित वृहत खानेपानी आयोजना २५८ वटा

४. खानेपानी तथा गुणस्तर सुधार कार्यक्रम ५ वटा

५. डिप ट्युबेल आयोजना (मर्मत सुधार) ३ वटा

 

मधेश प्रदेशबाट सञ्चालन हुने आयोजनाहरु

१. तराई मधेश खानेपानी सुधार कार्यक्रम २४१ वटा

२. जलवायु अनुकुलित वृहत खानेपानी आयोजना १३५ वटा

३. खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम ११२ वटा

वागमती प्रदेशबाट सञ्चालन हुने आयोजनाहरु

१. खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम २५८ वटा

२. खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम १ वटा

३. तराई मधेश खानेपानी सुधार कार्यक्रम ७ वटा

४. जलवायु अनुकुलित वृहत खानेपानी आयोजना ३८२ वटा

५. खानेपानी तथा गुणस्तर सुधार कार्यक्रम २ वटा

गण्डकी प्रदेशबाट सञ्चालन हुने आयोजनाहरु

१. खानेपानी सेवा विस्तार तथा पुनर्स्थापनाकार्यक्रम १८७ वटा

२. जलवायु अनुकुलित वृहत खानेपानी आयोजना २१४ वटा

३. ढल निर्माण तथा प्रशोधन कार्यक्रम १ वटा

लुम्बिनी प्रदेशबाट सञ्चालन हुने आयोजनाहरु

१. खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम १३५ वटा

२. तराई मधेश खनेपानी सुधार कार्यक्रम १३६ वटा

३. खानेपानी तथा सरसफाइ सहलगानी कार्यक्रम १ वटा

४. खानेपानी तथा गुणस्तर सुधार कार्यक्रम १ वटा

५.जलवायु अनुकुलित वृहत खानेपानी आयोजना ३०७ वटा

कर्णाली प्रदेशबाट सञ्चालन हुने आयोजनाहरु

१. खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम २०९ वटा

२. जलवायु अनुकुलित वृहत खानेपानी आयोजना १०६ वटा

३. खानेपानी तथा गुणस्तर सुधार कार्यक्रम ६ वटा

सुदुरपश्चिम प्रदेशबाट सञ्चालन हुने आयोजनाहरु

१ं खानेपानी सेवा विस्तार तथा पुनर्स्थापना कार्यक्रम १४९ वटा

२. जलवायु अनकुलित वृहत खानेपानी आयोजना १७३ वटा

विस्तृतमा हेर्नुहोस् रातो किताब

RED_BOOK_2080_81

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार