जनकपुरधाम : विरामीलाई खोप लगाउन साथ सिरिन्ज कटरद्वारा सिरिन्ज काटिन्छ, भाइल (सिसी) लाई भने तत्काल छुट्याएर बेग्लै डस्ट बिनमा राखिन्छ । संक्रामक फोहोरका लागि रातो कलर कोडेट डस्ट बिन राखिएको छ भने अन्य कुहिने र नकुहिने फोहोरका लागि पनि अलग अलग्लै डस्टबिन राखिएको छ ।
धनुषाको हंसपुर नगरपालिका वडा नं. ३ स्थित कठपुल्ला स्वास्थ्य चौकीले संक्रामक फोहोरहरुको व्यवस्थापनमा नवीन विधिको सुरुवात गरिएको हो । स्वास्थ्य चौकीको वार्डभित्र छुट्टाछुट्टै तरिकाले वर्गीकरण गरिएका फोहोरहरुलाई त्यसै गरी व्यवस्थापन गर्न चौकी परिसर भित्रै फोहोर व्यवस्थापन युनिट बनाएको छ ।
उक्त युनिटभित्र कागजजन्य फोहोर र प्लाष्टिकजन्य फोहोर राख्ने छुट्टा छुट्टै ठाउँ बनाईएको छ । स्वास्थ्य चौकीले यी फोहोरहरु विक्री गर्न थालेको छ । यस्तै सिसीहरु र सिरिन्जहरु राख्ने ठाउँ पनि फरक फरक बनाइएको छ ।
स्वास्थ्य चौकीको फोहोरहरु उचित तरिकाले व्यवस्थापन गर्न थालेपछि स्वास्थ्यमा आउन सक्ने जोखिम समेत कम भएको छ । स्वास्थ्य चौकीमा फोहोर व्यवस्थापनको नवीन अभ्यासबारे फोहोर व्यवस्थापन युनिटमै पुगेर वर्णन गर्दै हुनुहुन्छ, सिनियर अनमी ममता कुमारी साफी :
युनिसेफ नेपालको आर्थिक सहयोगमा उदार करुणामयी स्वयंसेवक (एनसीभी) द्वारा सञ्चालित स्वास्थ्य संस्थामा खानेपानी, सरसफाइ र स्वच्छता (वास फिट) कार्यक्रमले फोहोर व्यवस्थापन लगायत स्वास्थ्य चौकीको सेवामा समेत सुधार ल्याएको हो ।
एनसीभीले मधेस प्रदेशको हंसपुर नगरपालिकामा ५ वटा स्वास्थ्य संस्था र जनकपुर उपमहानगरपालिकामा ५ वटा गरी १ं० वटा स्वास्थ्य संस्थामा वास फिट कार्यक्रम सञ्चालन गरेको थियो ।