खानेपानी महसुल बृद्धिको विरोधमा आन्दोलनरत दलहरुलाई मेयर साम्पाङले बोलाए वार्तामा

  वास खबर सम्वाददाता  264 पटक हेरिएको

धरान : खानेपानीको महसुस वृद्धि विरुद्ध धरानमा आन्दोलनरत १० दलका प्रतिनिधिहरुलाई हर्क साम्पाङले वार्तामा बोलाउनु भएको छ। धरान उपमहानगरपालिका र चोक चोकमा आन्दोलन चर्काएपछि आइतबार साम्पाङले कांग्रेस, एमाले, जसपा, जसपा नेपाल, माओवादी केन्द्र लगायत १० दललाई वार्तामा बोलाउनु भएको हो।

दलहरुले आज पनि उपमहानगरपालिकाको मुख्य गेटमा धर्ना दिएर नाराबाजी गरेका छन् । जनतालाई निस्शुल्क पानी खुवाउने एजेण्डा बोकेर मेयर बनेका साम्पाङले खानेपानीको महसुल, खानेपानी जडान र खानेपानी नामसारीको महसुल वृद्धि गरेपछि धरान उपमहानगरपालिका नेतृत्व विरुद्ध दलहरु आन्दोलनमा छन्।

साम्पाङले दलहरुलाई वार्तामा बोलाएपछि दलका प्रतिनिधिहरु आन्तरिक तयारीमा जुटेको कांग्रेस महाधिवेशन प्रतिनिधि रबि राइले बताउनुभयो। एमालेका धरान अध्यक्ष हर्कजङ एभेङले मेयर हर्क साम्पाङले खानेपानी व्यवस्थापन बोर्डको बैठक नै नराखी खानेपानीको महसुल वृद्धि गरिएकाले आन्दोलन गर्नु परेको बताउनुभयो। उहाँले १० दलको जायज मागलाई मेयर राईले सम्बोधन नगरे आन्दोलन थप शसक्त बनाउने चेतावनी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार