पहिरोले बड्डिचौर खानेपानीको इन्टेक र जिआई पाइपमा क्षति

  वास खबर सम्वाददाता  434 पटक हेरिएको


सुर्खेत : सुर्खेतको बराहताल गाउँपालिकाको वडा नं ५ र ८ मा सञ्चालित बड्डिचौर खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको इन्टेक र पाइपमा क्षति पुगेको छ । खानेपानी आयोजनाको मुहान दमारेखोलाको पूर्व पट्टिबाट आएको पहिरोले खानेपानीको इन्टेक, पाइप लाइन र ग्याबिन जालीमा ठूलो क्षति पुर्‍याएको उपभोक्ता संस्थाका अध्यक्ष अर्जुन बुचा मगरले जानकारी दिनुभयो।

‘दमारे खोला मुहान माथिबाट आएको पहिरोले खानेपानीको कलेक्सन च्याम्बर र १०० मिटर जिआई पाइप र करिव ७० मिटर पोलिथिन पाईप र कलेक्सन च्याम्बर बचाउन राखिएको १६ वटा ग्याविन जालीमा क्षति पुर्‍याएको छ’ उहाँले भन्नुभयो।


पहिराले खानेपानीको संरचनामा पुर्‍याएको क्षतिका बिषयमा तत्काल संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय वीरेन्द्रनगरमा जानकारी गराएको उहाँले बताउनुभयो । ‘हामीले यसबारेमा आयोजना कार्यालयलाई जानकारी गराई खानेपानीको पाइप लाइन र इन्टेकको तत्काल मर्मत गरी खानेपानी सहज रुपमा आपूर्ति गर्ने व्यवस्था मिलाउन माग गरेका छौं’ उहाँले भन्नुभयो।

बड्डिचौर सह-लगानी खानेपानी तथा सरसफाई उपभोक्ता संस्थाले सुर्खेतको बराहताल गाउँपालिकाको वार्ड नं ५ र ८ मा खानेपानी सेवा पुर्‍याउँदै आएको छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार