गण्डकी प्रदेशका ४० पालिकालाई वास प्लान सम्बन्धी पुनर्ताजगी तालिम

  वास खबर सम्वाददाता  523 पटक हेरिएको

पोखरा : गण्डकी प्रदेश सरकार उर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालयले वास फोकल पर्सन र गणकलाई पुनर्ताजगी तालिम दिएको छ। युनिसेफको प्राविधिक सहयोगमा  ४० स्थानीय तहका वास फोकल पर्सन र गणकलाई Water, Sanitation, and Hygiene (WASH) Inventory (पानीको मुहान देखि घर सम्मको GPS Mapping सहितको तथ्याङ्क) सम्बन्धी  पुनर्ताजगी तालिम दिईएको हो । तालिम यही भदौ ११ गते देखि १४ गते सम्म आयोजना गरिएको थियो।

गण्डकी प्रदेशका पालिकाहरूको खानेपानी, सरसफाइ तथा स्वच्छता (वास) योजना तयारीको लागि गण्डकी प्रदेश सरकारको तर्फबाट ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय, खानेपानी तथा ढल व्यवस्थापन विभाग खानेपानी मन्त्रालयको तर्फबाट र पालिकाहरू बीच त्रिपक्षीय समझदारी (MOU) अनुसार ४० पालिकाहरूमा WASH कार्यक्रम गत आर्थिक वर्षदेखि सञ्चालन भैरहेको छ।

पहिलो चरणको तालिम खानेपानी तथा ढल व्यवस्थापन विभाग र ऊर्जा, जलस्रोत तथा खानेपानी मन्त्रालय मन्त्रालयको समन्वयमा नगरकोटमा गत बर्ष चैतमा नै सञ्चालन भएको थियो। वास सुशासन परामर्शदाता ध्रुब शर्माका अनुसार वास योजना तयारी गर्न प्रदेश सरकारलाइ युनिसेफ नेपालले प्राविधिक सहयोग गरिरहेको छ ।

खानेपानी, सरसफाई तथा स्वच्छता सम्वन्धी तथ्याङ्क संकलन गरी सूचना व्यवस्थापन प्रणाली Management Information System (MIS) मा प्रविष्ट गरी पालिकाहरूको वास योजना बनाउन सहयोग पुग्ने उद्देश्यले दुई चरणमा सञ्चालित कार्यक्रममा वास Focal Person र WASH गणकहरुको उपस्थिति रहेको थियो ।

मन्त्रालयको बैठक कक्षमा सञ्चालित तालिमको उदघाटन उर्जा, जलस्रोत तथा खानेपानी मन्त्री फणीन्द्र देवकोटाले गर्नुभयो । मन्त्रालयका निमित्त सचिव हरिदत्त पौडेलको अध्यक्षतामा सञ्चालित तालिममा विशेष अतिथि उक्त मन्त्रालयका महाशाखा प्रमुखहरुको रहेको थियो । तालिममा युनिसेफ नेपालको तर्फबाट प्रतिनिधित्व गरी राकेश मल्लीक र ध्रुब शर्मा लगायत खानेपानी तथा ढल ब्यवस्थापन विभाग, युनिसेफ नेपालबाट अतिरिक्त प्रशिक्षकको रुपमा बलराम मायालू र अदिति न्यौपाने तथा मन्त्रालयका कर्मचारीले पनि प्रशिक्षण दिनुभयो।

तालिमको प्राविधिक चरण पनि सिद्दान्त र प्रयोगात्मक चरणमा संचालन भएको थियो । यस प्रदेशमा ११ पालिकाहरूको वास योजना तयार भएको र थप ५ पालिकाको योजना तयारीको काम अन्तिम चरणमा पुगेको शर्माले जानकारी गराउनुभयो । त्यसै गरि खानेपानी, सरसफाइ ऐनको पहिलो परिमार्जन, २०८१ प्रदेश सभामा पारित हुने चरणमा छ भने एनवास कार्यविधि र सुरक्षित खानेपानीयुक्त समुदाय निर्देशिका पारित गर्न मन्त्रालयका सचिव र मन्त्री, योजना प्रमुख हरू सँग छलफल भएको छ । स्थानिय तहमा २० पालिकाहरूले वास ऐन र कार्यविधि पारित गरिसकेका छन ।

उक्त तालिममा पालिकाहरु बाट NWASH/MIS का फोकल पर्शन र WASH गणकहरु  कार्यक्रममा उपस्थित भई मन्त्रालयका मन्त्री फणीन्द्र देवकोटाले  शुभकामना मन्तव्य दिनुभएको थियो । मन्त्रालयका खानेपानी सरसफाई महाशाखा प्रमुख नविन अर्यालले विषयवस्तु माथि प्रकाश पार्नुभएको थियो ।


उक्त तालिम दुई चरणमा दुई/दुई दिन सञ्चालित रहेको र प्रत्येक चरणको तालिम दुई सत्रमा विभाजन गरिएको छ । पहिलो सत्रमा उद्घाटन र दोस्रो सत्रमा प्राविधिक जानकारी सहितको तालिम सञ्चालन भएको छ ।

पहिलो चरणमा १७ पालिकाहरु बन्दिपुर गाउँपालिका, हुप्सेकोट गाउँपालिका, बुलिङटार गाउँपालिका, बैदीकाली गाउँपालिका, देवचुली नगरपालिका, विनय त्रिवेनी गाउँपालिका, मध्यविन्दु नगरपालिका, कावासोती नगरपालिका, गैडाकोट नगरपालिका, भिमसेनथापा गाउँपालिका, पालुङटार नगरपालिका, सिरानचोक गाउँपालिका, अर्जुनचौपारी गाउँपालिका , रूपा गाउँपालिका, अन्नपुर्ण गाउँपालिका, माछापुच्छ्रे गाउँपालिकाको सहभागिता थियो।

र दोस्रो चरणमा १६ पालिका, फेदिखोला गाउँपालिका, भिरकोट नगरपालिका, बिरूवा गाउँपालिका,गल्याङ नगरपालिका, चापाकोट नगरपालिका, कालीगण्डकी गाउँपालिका, महाशिला गाउँपालिका, पैयू गाउँपालिका, बिहादी गाउँपालिका, बाग्लुङ नगरपालिका, काठेखोला गाउँपालिका, बरेङ गाउँपालिका, थासाङ गाउँपालिका, कुश्मा नगरपालिका, फलेवास नगरपालिका, मोदी गाउँपालिकाका NWASH/MIS Focal Person र WASH गणकहरुको सहभागिता रहेको छ ।

प्रदेशमा आधारभूत खानेपानीको पहुँच करिब ९५ प्रतिशत जनसंख्यामा पुगेको छ । निजी धारा ६४ प्रतिशत घरधुरीमा पुगेको छ भने ८० प्रतिशत परिवारले आधारभुत तहको सरसफाई सम्बन्धी सुविधा प्रयोग गरेका छन ।

अहिले सम्मको तथ्याङ्कको अवस्था हेर्दा धेरै पालिकामा सामाजिक तथ्याङ्क सकि सकिएको र केहि पालिकामा Inventory (पानीको मुहान देखी घर सम्मको GPS Mapping सहितको तथ्याङ्क), अहिले सम्म खानेपानीको अवस्था नपुगेको समुदायको तथ्याङ्क, खानेपानी उपभोक्ता समिति विवरणको तथ्याङ्क सम्बन्धी पुनर्ताजगी तालिममा क्षमता अभिवृद्दि हुने र तालिम पश्चात तथ्याङ्क संकलन कार्य अझ गुणस्तरीय हुने र पालिकाहरुको गुणस्तरीय WASH Plan तयार हुने कुरामा मन्त्रालय विश्वस्त छ।

पालिकाको WASH Plan तयार भएपछि पालिकाको आयोजनाको प्राथमिकीकरणको आधारमा तीनै तहको सरकार (संघीय सरकार, प्रदेश र स्थानी तह) को समन्वयमा योजना छनोट हुने र एकै ठाउँ एउटै आयोजनामा दोहोरो तेहोरो बजेट फरक फरक सरकारबाट नपर्ने र अहिले सम्म खानेपानीको अवस्थामा कहाँ छौ भन्ने GPS सहितको तथ्याङ्क आईसकेपछि WASH Plan बनाउँदा दिगो विकासलाई पनि टेवा पुग्ने कुरामा मन्त्रालय विश्वस्त छ। मन्त्रालयका सचिव गणेश अवस्थीले सहभागीहरूलार्इ धन्यवाद व्यक्त गर्दै वास प्लानको बाँकी काम समयमै सम्पन्न गर्न सुझाव दिदै चार दिने तालिमको समापन गर्नुभयो ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार