काठमाडौं : सरकारले संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना कार्यालय लगायत आयोजनाहरुका लागि २ सय १० जना अस्थायी दरबन्दी सिर्जना गर्ने निर्णय गरेको छ । खानेपानी मन्त्रालय अन्तर्गत कार्यालयहरुमा देखिएको जनशक्ति अभावलाई तत्काल परिपूर्ति गर्न खानेपानी मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को बैठकले अस्थायी दरबन्दी स्वीकृत गरेको हो ।
मन्त्रीपरिषद बैठकका निर्णयहरु सार्वजनिक गर्दै सरकारका प्रवक्ता एवं सञ्चारमन्त्री पृथ्वी सुब्बा गुरुङले संविधान दिवसको अवसर पारेर असोज ३ गतेदेखि धरहरा अस्थायी रुपमा सञ्चालनमा ल्याउने, लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृतमा सुशील ज्ञवालीलाई नियुक्त गर्ने, नेपाल सरकारको नाममा दर्ता रहेको काठमाडौ जिल्ला गोकर्णेश्वर नगरपालिका वडा नं. ३ को जग्गा बालुवा स्वास्थ्य चौकीको भवन निर्माणका लागि उपयोग गर्न स्वीकृति दिने लगायत जानकारी गराउनुभयो।
बैठकका थप निर्णयहरु :