मानव–वन्यजन्तु द्वन्द्व घटाउन वनभित्रै पोखरी

  वास खबर सम्वाददाता  144 पटक हेरिएको

देउखुरी : लुम्बिनी प्रदेश सरकारले मानव–वन्यजन्तु द्वन्द्व घटाउने उद्देश्यले वन भित्रै पोखरी निर्माण गरिरहेको छ। सुरक्षित बासस्थान, आहारा प्रजातिको व्यवस्थापन गर्ने उद्देश्यले पानीको मुहान तथा सिमसार संरक्षण, वनभित्र संरक्षण पोखरी निर्माण लगायतका काम गरेको हो।

आर्थिक वर्ष २०८०/८१ मा ३१ वटा पानी मुहान तथा सिमसार क्षेत्रको संरक्षण गरिएको छ । १३ वटा नयाँ संरक्षण पोखरी निर्माण गरिएको छ । वन्यजन्तुको वासस्थान नासिँदै जाँदा, आहाराको अभाव हुँदा र पानीका मूल सुक्दा वन्यजन्तु मानव बस्तीतर्फ पस्न थालेको विभिन्न अध्ययनले देखाएको छ ।

वन्यजन्तुको सुरक्षित बासस्थान, आहारा र पानीको स्रोत सुनिश्चित गर्न प्रदेश सरकारले योजनाबद्ध काम गरिरहेको वन तथा वातावरण मन्त्रालयका सचिव मोहनराज काफ्लेले बताउनुभयो । “पानी खोज्न वन्यजन्तुलाई बस्तीमा जान नपरोस् भनेर पोखरी बनाइएका हुन् ” उहाँले भन्नुभयो ।

जंगल बीचमा निर्माण गरिएको पोखरीले वरिपरिको जमिन चिस्यान राख्ने, पानी पुनर्भरण हुने हुँदा पानीको मूल संरक्षणमा समेत टेवा पुग्ने उहाँको विश्वास छ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार