कोशी बाढीबाट ५५७ घरपरिवार प्रभावित, राहतका लागि युनिसेफ समक्ष सिफारिस

  वास खबर सम्वाददाता  146 पटक हेरिएको


राजविराज: कोशीको बाढीबाट सप्तरीको कन्चनरुप नगरपालिकामा ५५७ घरपरिवार प्रभावित भएका छन् । बाढी प्रभावितलाई आर्थिक तथा अन्य सहायता प्रदान गर्न नगरपालिकाले युनिसेफ नेपालको प्रादेशिक कार्यालय जनकपुरधाम समक्ष सिफारिस गरेको छ ।

सम्बन्धित वडाले संकलन गरेको कोशी बाढीबाट प्रभावित घरपरिवारको तथ्याङ्कलाई वडा स्तरीय सर्वदलिय बैठकले रुजु गरी अनुमोदन गरेपछि कन्चनरुप नगर स्तरीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिले उक्त तथ्याङ्कलाई अनुमोदन गरी सहयोगका लागि सिफरिस समेत गरेको हो ।

समितिका संयोजक एवं नगर प्रमुख ललन प्रसाद गुप्ताको अध्यक्षतामा बसेको बैठकले वडा नं. १ मा २७४ घरपरिवार, वडा नं. ४ मा १०७ घरपरिवार, वडा नं. ५ मा ४८ घरपरिवार, वडा नं. ६ का ३७ घरपरिवार र वडा नं. १० का ९१ घरधुरी गरी जम्मा ५ सय ५७ घरधुरी कोशीको बाढीबाट प्रभावित भएको एकीन गरेको हो।

वडाबाट स्वीकृत भएर आएका बाढी प्रभावित घरधुरीहरुको तथ्याङ्कलाई नगर स्तरीय विपद जोखिम न्यूनीकरण तथा व्यवस्थापन समितिको बैठकबाट अनुमोदन गरी बाढी प्रभावित घरधुरीलाई आर्थिक तथा अन्य सामग्री सहयोगका लागि सिफारिस गर्ने निर्णय भएको प्रमुख प्रशासकीय अधिकृत नवराज खड्काले जानकारी दिनुभयो।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार