मेलम्चीको नयाँ धाराबाट आज कुन-कुन क्षेत्रमा पानी वितरण गरिदैछ ?

  वास खबर सम्वाददाता  380 पटक हेरिएको

काठमाडौ : मेलम्ची नदीको पानी काठमाडौंमा आएपछि काठमाडौ उपत्यका खानेपानी लिमिटेड (केयूकेएल) ले नयाँ र पुरानो लाइनको छुट्टाछुट्टै तालिका बनाएर खानेपानी वितरण गर्न थालेको छ । केयूकेएलको पुरानो लाइन र आयोजना कार्यान्वयन निर्देशनालय (पिआईडी) बाट निर्माण गरेको धारा भएको घरको हकमा दुवै धाराबाट पानी आउनेछ।

केयूकेएलको बानेश्वर शाखाबाट खानेपानी वितरण हुने स्थानहरुमा पिआईडीबाट निर्माण भएको नयाँ पाइपलाइनमा खानेपानी वितरण हुने समय तालिका :

मेलम्ची खानेपानी विकास समितिले मङ्गलबारदेखि काठमाडौं उपत्यकामा मेलम्ची खानेपानी आयोजनाको पानी वितरण सुरु गरेको छ। काठमाडौं उपत्यकामा मेलम्ची खोलाबाट दैनिक २२ करोड लिटर पानी ल्याइएको छ।

अघिल्लो वर्षभन्दा यो वर्ष मेलम्चीको पानी छिटो काठमाडौंमा आएको हो। पानी पठाउने संरचनामा निरन्तर अनुगमन गरेर क्षतिबाट बचाएकोले समयमै पानी काठमाडौंमा पठाउन सकिएको प्रमुख लामिछानेले जानकारी दिनुभयो। लामिछानेले अहिले २२ करोड लिटर पानी उपत्यकामा ल्याइएको भए पनि चैत र वैशाख महिनामा भने १७ करोड लिटर मात्रै ल्याइने बताउनुभयो।

 


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार