स्वच्छ खानेपानीको माग गर्दै आमरण अनसन

  वास खबर सम्बाददाता  178 पटक हेरिएको

रौतहट : रौतहटको ईशनाथ नगरपालिकास्थित खानेपानी व्यवस्थित गर्नुपर्ने माग गर्दै स्थानीय राकेश ठाकुरले आमरण अनसन सुरु गर्नुभएको छ। औरैयामा खानेपानीको व्यवस्थापन नगरिएको भन्दै सुधारका लागि ६ बुँदे माग सहित राकेश ठाकुर मंगलबार साँझ देखि आमरण अनसनमा हुनुहुन्छ।

रिले अनसन ८ दिन बसेपनि स्थानीय सरकारबाट कुनै सुनवाइ नहुँदा बाध्य भएर मंगलबार साँझ ५ बजेदेखि आमरण अनसन सुरु गरेको आन्दोलनकारीका प्रवक्ता जयप्रकाश साहले बताउनुभयो।

स्वच्छ खानेपानको व्यवस्था गर्नुपर्ने, आर्थिक वर्ष २०८०/०८१ सम्मको आयव्यय सार्वजनिक गर्नुपर्ने, विधान अनुसार खानेपानी उपभोक्ता समितिको साधारण सभा यथाशीघ्र गराउनुपर्ने, खानेपानीको सम्पत्ति सार्वजनिक गर्नुपर्ने, उपभोक्ता समितिको पदाधिकारी सहितको नामावली सार्वजनिक गर्नुपर्ने र कम्पाउण्डका रुखहरू बिक्री बारे माग सहित उपभोक्ता ठाकुर आमरण अनसनमा बस्नु भएको हो ।

२०५२ सालदेखि सञ्चालनमा आएको औंरैया खानेपानी योजना २०५९ सालसम्म जेनतेन सञ्चालन भएपनि २०६० सालमा व्यक्तिको नाममा खानेपानीलाई दर्ता गरिएको थियो। त्यस यता खानेपानीमा बेथिती मौलाएकाले औरैया खानेपानी बचाउ अभियान चलाउनु परेको अभियन्ता बताउँछन्।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार