के विश्वभरि बनेका खानेपानीका आधारभूत संरचनाहरुले दिगो विकास लक्ष्य (SDG-6) “सबैका लागि स्वच्छ पानी सरसफाइको उपलब्धता तथा दिगो व्यवस्थापन सुनिश्चित र सरसफाइको पहुँच सुनिश्चित गर्ने” पूरा गर्छ ? यस प्रश्नको जवाफ ढुक्कका साथ ‘हो’ भनेर दिनु ठूलो कुरा हुनेछ ।
संस्थागत प्रयास र खानेपानी योजनाको संख्यामा भएको वृद्धि संगै यसलाई ध्यानमा राख्दै अब हामीले यस दिगो विकासका लक्ष्य तर्फ भएको प्रगतिमा उत्सव मनाउने समय आएको छ । तथापि, यो त्यति सजिलो कुरा भने होइन ।
जब खानेपानी योजना निर्माण हुन्छ तब पानी संचालन निरन्तर भइरहनका लागि भगिरथ प्रयत्नको आवश्यक पर्दछ । उदाहरणका लागि नेपालको पछिल्लो प्रतिबेदन (२०१४) ले देशमा रहेका ५०% खानेपानी योजनाहरु मात्र राम्ररी काम गरिरहेको तथ्यांकले देखाउँछ ।
यसको मतलव ग्रामीण क्षेत्रका अधिकांश मानिसहरूले अझै पनि अत्यावश्यक पिउन योग्य तथा सुरक्षित पानी पाउन सकिरहेका छैनन् । अर्थात खानेपानी उपभोक्ताहरुले गम्भीर चुनौतीको सामना गरिरहेका छन् । उदाहरणका लागि, प्रति दिन सीमित घण्टा मात्र त्यो पनि कम गुणस्तरहीन पानी प्राप्त हुनु हो । यसले गर्दा हैजा, झाडापखाला, आँउ तथा अन्य पानीजन्य रोग लाग्ने गर्दछ ।
खानेपानी प्रणालीको आधारभूत समस्याहरुः
खानेपानी आपुर्ति योजना संचालन सम्बन्धी चुनौतीहरू बहुआयामिक छन् । एउटा मुख्य मुद्दा भनेको भौतिक संरचना निर्माणमा बढी ध्यान दिनु नै हो । खानेपानी योजना निर्माण भइसकेपछि सञ्चालन र मर्मतको लागि आवश्यक पर्ने निरन्तर प्रयासलाई तेती ध्यान दिइदैन ।
कालान्तरमा खानेपानी योजना संचालन भईराख्नका लागि भविष्यमा आवश्यक पर्ने खर्च सम्बन्धी ठोस योजना बनाउनु अत्यावश्यक छ । त्यो प्राय खानेपानी योजनामा बनेको पाइदैन । तथापि रणनीतिमा अल्पकालीन सोचाइ र देखापर्दा आइपर्ने चुनौतीहरूको तत्काल समाधान गर्ने तर्फ नै प्रायश उन्मुख भएक हुन्छन ।
नेपालको सन्दर्भमा कुरा गर्दा खानेपानीको व्यवस्था बिग्रिएपछि मर्मत गर्न रकम खोजिन्छ । अर्को सामान्य चलन भनेको खानेपानी योजनाको डिजाईन आवश्यक भन्दा ठूलो आकारमा गर्नु हो । डिजाइन गर्ने समयमा उपभोक्ताहरूको दृष्टिकोणबारे अक्सर कुनै भरपर्दो जानकारी हुँदैन र आय र खर्च बीचको सन्तुलनलाई अक्सर बेवास्ता गरिन्छ ।
यसले सही योजना बनाउन बाधा पुऱ्याउँछ जस्ले गर्दा डिजाइनलाई वास्तविक परिस्थितिसँग ‘बेमेल’ हुने दिशा तर्फ लान्छ । अक्सर, खानेपानी योजना आवश्यक भन्दा ठूलो हुन्छ, जसले गर्दा स-साना प्रणालीहरूलाई चाहिने भन्दा बढी खर्च हुनुका साथै संचालनमा जटिलता पनि बढ्छ । त्यसैले कुनै-कुनै खानेपानी योजनाहरू असफल हुनको लागि सुरुदेखि नै डिजाइन गरिएका हुन्छन् ।
यस बाहेक, स्थानीय समुदायले खानेपानी योजनाको समयमा नै मर्मत संभारका लागि प्रयाप्त रकम छुट्याएको हुँदैन । खानेपानी प्रणाली किन र कसरी बिग्रिन्छ, खानेपानीका कुनै पार्टस तथा पुर्जाहरु चुहिनु, खिइनु तथा भत्किनु अघि तिनीहरुलाई कहिले बदल्नु पर्दछ भन्ने जानकारीको पनि अक्सर अभाव छ ।
यो प्रष्ट छ कि ग्रामीण खानेपानी सम्पत्तिहरु उच्च स्तरको काम नलाग्ने र न्यून स्तरको सेवा भएकाले पर्याप्त व्यवस्थापन हुन सकेको छैन । यो वर्तमान ध्यान प्रथम पहुँचमा दिनुको लक्षण हो जुन दीर्घकालिन सेवा वितरणमा रुपान्तरण हुन जरुरी छ । ग्रामीण खानेपानी क्षेत्रमा काम गर्ने अभियन्ताहरुले अन्य पूर्वाधार संरचना ठूला तथा व्यावसायिक उद्योगहरूको अनुशरण गर्न र सम्पत्ति व्यवस्थापन पद्धति अपनाउन थाल्नु पर्ने आवश्यकता छ ।
नेपालमा गरिएका वास एलाइन्सको संयुक्त प्रयत्नहरु
सन् २०१९ देखि वास एलाइन्सले ग्रामीण तथा अर्ध-शहरी खानेपानी प्रणालीको व्यवस्थापन र मर्मत सम्भारमा सुधार ल्याउन एसेट म्यानेजमेन्ट औजारको विकासमा काम गर्दै आएको छ ।
यसमा संलग्न सबै सरोकारवालाहरू (खानेपानी उपभोक्ता समितिहरू, स्थानीय सरकारहरू, स्थानीय गैर सरकारी संस्था, निजी क्षेत्र, खानेपानी उपभोक्ताहरु र पानी प्रदायकहरू) सँग मिलेर खानेपानी आपूर्ति प्रणालीको दिगोपनामा सुधार ल्याउने लक्ष्य राखेका राख्दै आएको छ । यसले दीर्घकालीन योजना र सबल वित्तीय व्यवस्थापनका बारेमा स्थानीय सरोकारवालाहरुसँग मिलेर सचेतना बढाउँने तथा आवश्यक सीपहरू विकास गर्ने कार्य गर्दछ ।
‘वाश एलायन्स अन्तगर्त प्राक्टिका फाउन्डेसन, सिमावी, सिआईयुडी, रेन र स्मार्टटेक जस्ता संस्थाहरूले यो पहलकदमीलाई सहयोग गरेका साझेदारहरुले साना तथा मझौला ग्रामीण खानेपानी प्रणालीहरूको सम्पत्ति व्यवस्थापनका लागि विस्तृत पद्धति र डिजिटल औजारहरूको सेट विकास गरिरहेका छन् । जसमा सम्बन्धित सूचनाको संकलन भएको सुनिश्चित गरिन्छ र विभिन्न सरोकारवालाहरुको आवश्यकता र सीमासँग तादाम्यता हुने गरी प्रतिबेदन प्रस्तुत गरिन्छ ।
यस वाश एलायन्स कार्यक्रम पहलले स्थानीय अभियन्ताहरूको आवश्यकता र क्षमता अनुरूप सम्पत्ति व्यवस्थापन सम्बन्धी औजारहरु विकास गरेर खानेपानी सेवाहरूको दीर्घकालीन दिगोपनामा सुधार गर्ने अनुपम अवसर प्रदान गर्दछ । यस्को नेपालको खानेपानी सेवा प्रावधानको लागि मात्र महत्वपूर्ण नभई वाश एलायन्स कार्यक्रम भित्र र व्यापक ग्रामीण खानेपानी क्षेत्रलाई महत्व हुनेछ।
विकास सन्दर्भका लागि टेलर मेड सफ्टवेयर विकास
भौतिक संरचनाको सम्पत्ति व्यवस्थापनमा सुधार गर्ने नयाँ अवधारणा होइन, युरोपमा १९८० को दशकदेखि नै यसबारे चर्चा गरिएको छ र यस पद्धति प्रति चासो अझै बढिरहेको छ । यो साधारणतया सबै प्रकारका सार्वजनिक पूर्वाधार (पुल, रेलमार्ग, सडक, ढल प्रणाली) मा लागू हुन्छ । धेरै विशिष्टीकृत कम्पनीहरुले यस विषयमा आफ्नो सेवा प्रदान गरिरहेका छन् र आजकल विभिन्न प्रकारका तालिमहरु पनि उपलब्ध भैरहेका छन् । साथै, बजारमा व्यावसायिक सफ्टवेयर हरू सजिलै उपलब्ध छन् ।
तथापि, अधिकांश सफ्टवेयरहरु पश्चिमी राष्ट्रहरुका दृष्टिकोणबाट बनाईएका छन् । यसको परिणाम स्वरूप यी सफ्टवेयरहरु आफैमा पूर्ण छन तर पनि यी धेरै जटिल छन् । विकासोन्मुख राष्ट्रहरूका ग्रामीण वा शहर उन्मुख परिवेशमा रहेका स्थानीय खानेपानी उपभोक्ता समिति तथा सेवा प्रदायकहरूले प्रयोग गर्न असाध्यै चुनौतीपूर्ण छन् ।
यी प्याकेजहरू चलाउन आवश्यक पर्ने उच्च सीप, तिनीहरूको अत्यधिक लागत मूल्यले गर्दा तिनीहरू स्थानीय खानेपानी उपभोक्ता समिति वा सेवा प्रदायकहरूको पहुँचबाट पूर्णतया बाहिर छन् ।
श्रोतः https://www.who.int/globalchange/resources/wash-toolkit/participant-handbook.pdf – Infrastructure asset management: a key building block for sustaining rural water services.
फोटो श्रोतः एकीकृत शहरी विकास केन्द्र