बर्दघाट खानेपानीका हरेक उपभोक्तालाई कपडाको झोला वितरण

  वास खबर सम्बाददाता  100 पटक हेरिएको

नवलपरासी : नवलपरासीको बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाले प्लास्टिक झोलाको प्रयोगलाई न्यूनीकरण गर्ने उद्देश्यले १ उपभोक्ता १ कपडाको झोला वितरण गरेको छ । बर्दघाट खानेपानी तथा सरसफाइ उपभोक्ता संस्थाको २४ औं साधारणसभामा हरेक उपभोक्तालाई वातावरणमैत्री कपडाको झोला वितरण गरिएको संस्थाका अध्यक्ष दिपक लम्सालले जानकारी दिनुभयो।

प्लाष्टिक झोलाको बढ्दो प्रयोगले वातावरण प्रदुषण भएको र प्लाष्टिक झोला नहुकिने भएकाले यसले वातावरणलाई धेरै हानी गर्ने भएकाले वातावरणमैत्री कपडाको झोला वितरण गरिएको उहाँले बताउनुभयो । कपडाको झोलाको प्रयोगले प्लाष्टिकको झोलाको प्रयोगमा न्यूनीकरण हुने र वातावरण संरक्षणमा थोरै भए पनि योगदान पुग्ने उहाँको विश्वास छ ।


तपाईको प्रतिक्रिया

सम्बन्धित समाचार